बिहीबार, वैशाख ३१, २०८३

करेन्ट लागेर रौतहटमा एक महिलाको मृत्यु

जिल्लाको पश्चिम भेगको फतुवा विजयपुर नगरपालिका ५ डुमरियाकी ५० वर्षीया सोधियादेवी महतोको करेन्ट लागेर मृत्यु भएको हो।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

National life

रौतहट- करेन्ट लागेर रौतहटमा एकजना महिलाको मृत्यु भएको छ। जिल्लाको पश्चिम भेगको फतुवा विजयपुर नगरपालिका ५ डुमरियाकी ५० वर्षीया सोधियादेवी महतोको करेन्ट लागेर मृत्यु भएको हो। 

आफ्नै खेतमा लगाइएको बालीलाई जंगली जनावरबाट बचाउन लगाएको विद्युतको तारबाट करेन्ट लागेर बुधबार साँझ महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ।

मृतक महिलाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुर पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 29, 2022| 09:49 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।