बिहीबार, वैशाख ३१, २०८३

चितवनमा डेंगुबाट एक महिलाको मृत्यु

राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेंगुका कारण मृत्यु भएको हो।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

National life

चितवन- डेंगुको संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ। राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेंगुका कारण मृत्यु भएको हो। 

स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगु पुष्टि भएको थियो। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए।  यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको थियो।

जिल्लामा हालसम्म सात सय ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये चार सय ५९ चितवनका छन्। बाहिरी जिल्लाका एक सय ७५ र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन्। चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगु संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ।  

प्रकाशित: Sep 29, 2022| 09:34 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।