बिहीबार, वैशाख ३१, २०८३

नेविसंघद्वारा शंकरदेव बीआइम निर्देशकमाथि हातपात

आफ्ना मान्छेलाई भर्ना गराउन नमानेको भन्दै सत्तारुढ नेपाली कांग्रेस निकट नेविसंघ कार्यकर्ताले कार्यकक्षमै पसेर प्राद्यापकमाथि हातपात गरेका छन्।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

काठमाडौं- आफ्ना मान्छेलाई भर्ना गराउन नमानेको भन्दै सत्तारुढ नेपाली कांग्रेस निकट नेविसंघ कार्यकर्ताले कार्यकक्षमै पसेर प्राद्यापकमाथि हातपात गरेका छन्। 

National life

प्रवेश परीक्षामा फेल भएका विद्यार्थीलाई भर्ना लिन दिएको दबाब नमान्दा शंकरदेव क्याम्पसको ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बीआइम) का निर्देशक रवीन्द्र भट्टराईलाई नेविसंघ कार्यकर्ताले कार्यकक्षमै पसेर हातपात र दुर्व्यवहार गरेका हुन्। 

क्याम्पसकै एक कर्मचारीका अनुसार नेविसंघ नेता नेता विवेक लामा घिसिङले भट्टराईमाथि हातपात र दुर्व्यवहार गरेको सीसीटिभी फुटेजमा देखिएको छ। जसमा क्याम्पसका अन्य कर्मचारीले उनलाई बचाउने प्रयत्न गरेको देखिएको उनले बताए। फुटेजमा घिसिङले पटक-पटक झम्टिन खोजेको देखिने बताइएको छ।

बीआइएमको लागि शंकरदेव क्याम्पसमा ६८ वटा कोटा छ। सोही कोटामा आफ्ना मान्छे छिराउन घिसिङले पटक-पटक दबाब दिइरहेको र नमान्दा भट्टराईमाथि हातपात भएको ती कर्मचारीको आरोप छ।

प्रकाशित: Sep 29, 2022| 08:56 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।