बुधबार, वैशाख ९, २०८३

रूसमा एक दिनमा थपिए ४० हजार संक्रमित

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४० हजार १७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन्। ती मध्ये सबैभन्दा धेरै मस्कोमा देखिएका छन्।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

National life
kumari

मस्को- रुसमा कोरोना भाइरसबाट एक दिनमा थप ४० हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४० हजार १७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन्। ती मध्ये सबैभन्दा धेरै मस्कोमा देखिएका छन्। 

उनीहरुका अनुसार मस्कोमा मात्रै पछिल्लो एक दिनमा चार हजार ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। योसँगै देशभरी अहिलेसम्म सङ्क्रमित भएकाहरुको कूल सङ्ख्या दुई करोड ९० लाख नौ हजार ७३१ पुगेको छ। 

रोग नियन्त्रण तथा व्यवस्थापन निकायले दिएको जानकारी अनुसार कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या भने तीन लाख ८७ हजार ५४ पुगेको छ। ती मध्ये १११ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो।

प्रकाशित: Sep 29, 2022| 00:00 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।