बुधबार, वैशाख ९, २०८३

तान्जनियामा ६० हजार कुकुरलाई रेविजविरुद्धको खोप

तान्जनियामा झण्डै ६० हजार कुकुरलाई रेविज विरुद्धको खोप लगाइने भएको छ। देशभरी आगामी एक हप्तामा त्यति धेरै खोप लगाउने योजना बनाइएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं- तान्जनियामा झण्डै ६० हजार कुकुरलाई रेविज विरुद्धको खोप लगाइने भएको छ। देशभरी आगामी एक हप्तामा त्यति धेरै खोप लगाउने योजना बनाइएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।  

National life

पशुपक्षी मन्त्री माशिम्बा एनडाकीले ती खोप सबै निःशुल्क वितरण गरिएको र लगाउने कार्य सुरु भइसकेको जानकारी दिए। 

उनका अनुसार रेविज विरुद्धको खोप कुकुरका पालकहरुलाई वितरण गरिएको छ भने सार्वजनिक स्थलमा रहेको कुकुरका लागि छुट्टै व्यवस्था गरिएको छ। 

देशभरी रोविजबाट विरामी भएकाहरुको सङ्ख्या बढ्दै गएका नियन्त्रण गर्न खोप अभियान चलाइएको उनको भनाई छ। 'अहिले हाम्रा पशु स्वास्थ्य अधिकारीहरु कुकुरहरुलाई खोप लगाउनका लागि देशभरी नै खटिएका छन्,' उनले भने। यो कार्य आगामी अक्टोबर २ सम्ममा सम्पन्न गर्ने योजना रहेको उनले बताए। 

रेविज रोगले धेरै मानिसको मृत्यु पनि भएकाले आफ्ना कुकुरलाई रेविज विरुद्धको खोप लगाउनै पर्ने वाध्यकारी व्यवस्था सबै कुकुर पालकहरुलाई गराइएको छ। 

kumari

उनका अनुसार तान्जनियामा बार्षिक रुपमा १५ सय जनाको मृत्यु रेविजका कारण हुने गरेको देखिएको छ।

प्रकाशित: Sep 28, 2022| 23:30 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।