शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कारपछि हत्या गरेको आरोपमा २४ वर्षीय मोजाहिर पक्राउ

बलात्कारपछि हत्या गरेको आरोपमा २४ वर्षीय मोजाहिर पक्राउ

महोत्तरीको मटिहानी नगरपालिकाका एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेका छन्।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

महोत्तरी- महोत्तरीको मटिहानी नगरपालिकाका एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेका छन्। ती महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय अन्सारीलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो। 

National life

अभियुक्त अन्सारीले महिलालाई बलात्कारपछि पेचकसले घाँटी, छाती र पेटमा घोचेर हत्या गरी बाँसघारीमा शव फालिएको अवस्थामा प्रहरीले शव फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले पत्रकार सम्मेलनमा जानकारी दिए।

घटनास्थलमा मृतकको लुगाफाटा च्यातिएको, सुरुवालको डोली चुँडिएको, पोते चुँडिएको, चुरा फुटेको, कुर्ताका गोजीको टुक्रा फालिएको र आरोपीको गन्जी पनि च्यातिएको अवस्थामा फेला परेको थियो। अभियुक्तले एक सय मिटरसम्म शवलाई घिसारेर बाँसघारी ल्याएको राखेको अर्धनग्न अवस्थामा शव फेला परेको थियो। 

साथै हत्यापश्चात् अभियुक्तले मृतकसँग रहेको पाउजू र नाकको फुली निकालेर जिल्ला सदरमुकाम जलेश्वरस्थित एक सुन पसलमा बेचेको पाइएको छ। प्रहरीले घटना भएको ३६ घण्टापछि अभियुक्तलाई पक्राउ गरेको थियो।

अभियुक्तमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ भने यस घटनामा थप व्यक्ति संलग्न छ/छैन सम्बन्धमा थप क्रियाकलाप अगाडि बढाएको जनाइएको छ।

प्रकाशित: Sep 28, 2022| 21:15 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।