शनिबार, फागुन ३०, २०८२

ओरालो लाग्‍यो कोरोना संक्रमण: २४ घण्टामा ३८ संक्रमित, ५२ संक्रमणमुक्त

यही अवधिमा दुई हजार आठ सय १८ को नमूना परीक्षण गरिएको थियो। एक हजार दुई सय ८४ ले पिसिआर र एक हजार पाँच सय ३४ को एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं- पछिल्लो समय कोरोना भाइरसको संक्रमण ओरालोतर्फ लागेको छ। देशभर पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ।

National life

यही अवधिमा दुई हजार आठ सय १८ को नमूना परीक्षण गरिएको थियो। एक हजार दुई सय ८४ ले पिसिआर र एक हजार पाँच सय ३४ को एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।  

बुधबार ५२ जना सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८६ हजार पाँच सय ४७ पुगेको छ। सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार एक सय २२ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १८ पुगेको छ। होम आइसोलेसनमा एक हजार एक सय ७०, संस्थागत आइसोलेसन ५२ र आईसीयूमा १२ जना सङ्क्रमित रहेका छन्। 

हाल देशभरमा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ रहेको छ। सून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, तेह्रथुम, भोजपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, मनाङ, मुस्ताङ, म्याग्दी, स्याङ्जा, हुम्ला, डोल्पा, कालीकोट, रुकुम पश्चिम, जाजरकोट, दैलेख, मुगु, जुम्ला, र दार्चुला रहेका छन्। 

Laxmi sunrise bank
kumari

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा चार सय ५५, ललितपुर एक सय ५० र भक्तपुरमा २० सक्रिय सङक्रमित रहेका छन्। कूलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।  

प्रकाशित: Sep 28, 2022| 22:35 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्