बुधबार, फागुन २०, २०८२

भारतीय सेनाको 'चिफ अफ डिफेन्स स्टाफ'मा अनिल चौहान नियुक्त

भारत सरकारले अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल अनिल चौहानलाई नयाँ चिफ अफ डिफेन्स स्टाफ नियुक्त गरेको छ। यो भारतीय सेनाको शीर्षस्थ पद हो।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

नयाँ दिल्ली- भारत सरकारले अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल अनिल चौहानलाई नयाँ चिफ अफ डिफेन्स स्टाफ नियुक्त गरेको छ। यो भारतीय सेनाको शीर्षस्थ पद हो।

यसअघिका चिफ अफ डिफेन्स स्टाफ विपीन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो। त्यसको नौ महिनापछि चौहानलाई सो पदमा नियुक्त गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। 

सुरुवातमा भारतीय सेनाको ११ गोर्खा राइफल्समा काम गरेका उनी अवकाश पाउनुअघि इस्टर्न कमान्डका कमान्डर–इन–चिफ थिए। २०२१ को मे महिनामा उनले अवकाश पाएका थिए।

गत जुनमा अवकाशप्राप्त सैन्य अधिकारीलाई पनि चिफ अफ डिफेन्स स्टाफ नियुक्त गर्न मिल्नेगरी नियम संशोधन गरिएको थियो। 

सन् २०२० मा उनलाई परम विशिष्ट सेवा पदकद्वारा विभूषित गरिएको थियो भने सन् २०१८ मा उत्तम यद्ध सेवा पदक प्राप्त गरेका थिए। उनले संयुक्त राष्ट्रसंघको मिसनमा अंगोलामा रहेर पनि काम गरेका थिए। 

kumari

प्रकाशित: Sep 28, 2022| 19:32 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।