आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रशिक्षक हुमागाईंको प्रस्तुतिप्रति खेलकुद पत्रकारको आपत्ति, एन्फालाई बुझाए ध्यानाकर्षणपत्र

प्रशिक्षक हुमागाईंको प्रस्तुतिप्रति खेलकुद पत्रकारको आपत्ति, एन्फालाई बुझाए ध्यानाकर्षणपत्र

प्रशिक्षक हुमागाईंले मञ्चलाई आर्थिक सहयोग प्रदान गरेको दाबी गरेपनि उनीबाट त्यस्तो सहयोग नलिएको मञ्चको दाबी छ।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले नेपाली फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईंले पोस्टम्याच प्रेस कन्फ्रेन्समा दिएको प्रस्तुतिप्रति अखिल नेपाल फुटबल संघ (एन्फा)को ध्यानाकर्षण गराएको छ। खेल सकिएपछि सोधिएको प्रश्नको उत्तर दिने क्रममा उनले पत्रकारप्रति लक्षित गर्दै अमर्यादित टिप्पणी गरेका थिए। उनले पत्रकारलाई व्यक्तिलक्षित आक्षेप पनि लगाएका थिए।

यसै सन्दर्भमा मञ्चले उनको प्रंस्तुतिविरुद्ध एन्फालाई बुधबार साँझ ध्यानाकर्षण पत्र बुझाएको हो। ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘उक्त पोस्ट म्याचमा नेपाली राष्ट्रिय टिमका कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईंको प्रस्तुति अत्यन्तै गैरव्यावसायिक, गैरजिम्मेवार र नितान्त निम्न सोचको रहेको छ। त्यस क्रममा प्रशिक्षक हुमागाईं नेपाली खेलकुद पत्रकारप्रति आपत्तिजनक रूपमा प्रस्तुत हुनु पदीय मर्यादाविपरीत रहेको मञ्चको ठम्याइ छ। मञ्च परिवार प्रशिक्षक हुमागाईंको उक्त व्यवहारप्रति घोर भर्त्सना गर्दछ।’

प्रशिक्षक हुमागाईंले मञ्चलाई आर्थिक सहयोग प्रदान गरेको दाबी गरेपनि उनीबाट त्यस्तो सहयोग नलिएको मञ्चको दाबी छ। 'हुमागाईंले मञ्चलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने बताए पनि मञ्चले यस प्रकारको व्यक्तिगत सहयोग यसअघि कहिले पनि स्वीकार गरेको छैन र भविष्यमा पनि गर्ने छैन,’ पत्रमा उल्लेख छ।

प्रकाशित: Sep 28, 2022| 19:16 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।