बुधबार, फागुन २०, २०८२

तत्काल रुस छोड्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह

संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई तत्काल रुस छोड्न आग्रह गरेको छ। मस्कोस्थिति अमेरिकी दूतावासले सुरक्षा सतर्कता जारी गर्दै बुधबार राति नै रुस छोड्न आग्रह गरेको हो।
 |  बुधबार, असोज १२, २०७९

सीएनएन

सीएनएन

बुधबार, असोज १२, २०७९

मस्को- संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई तत्काल रुस छोड्न आग्रह गरेको छ। मस्कोस्थिति अमेरिकी दूतावासले सुरक्षा सतर्कता जारी गर्दै बुधबार राति नै रुस छोड्न आग्रह गरेको हो।

रुसबाट बाहिरिनका लागि विभिन्‍न विकल्पहरु रहेको उल्लेख गर्दै तत्काल रुस छोड्न आग्रह गरेको हो। रुसी राष्ट्रपति भलादिमिर पुटिनले रुसि नागरिकहरुलाई युक्रेनविरुद्धको युद्धमा परिचालन गर्ने आदेश जारी गरेसँगै अमेरिकाले सुरक्षा सतर्कतासम्बन्धी सूचना जारी गरेको हो। 

रुसले यसअघि रुसमा भएका विभिन्‍न प्रदर्शनमा सहभागी भएका अमेरिकी नागरिकहरुलाई नियन्त्रणमा लिने काम पनि गरिरहेकोबारे अमेरिकी दूतावासले सचेत गराएको छ। अमेरिकाले आफ्ना नागरिकहरुलाई रुसमा यात्रा नगर्न पनि सचेत गराएको छ। 

दूतावासले थप भनेको छ, 'रुसमा हुने कुनै पनि सामाजिक तथा राजनीतिक विरोध प्रदर्शनहरुमा सहभागी नहुनुस्। त्यहाँ उपस्थित भएको कुनै तस्बिहरु पनि नखिच्‍नुहोला। रुसमा शान्तिपूर्वक सभा गर्ने र अभिव्यक्ति स्वतन्त्रको ग्यारेन्टी छैन।'  


प्रकाशित: Sep 28, 2022| 19:15 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।