शनिबार, फागुन ३०, २०८२

एकैदिन ४ जना डेंगु संक्रमितको मृत्यु, मुस्ताङबाहेक सबै जिल्लामा संक्रमण

डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं- डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो। योसँगै साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ।

National life

मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार साउनयता २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको छ। मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्रमण देखिएको छ। सबैभन्दा बढी काठमाडौं उपत्यकाका छन्। बागमती प्रदेशमा २१ हजार ५८९, लुम्बिनीमा प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१ जनामा डेंगु पुष्टि भएको छ। त्यसैगरी गण्डकीमा ६ सय ५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा संक्रमण देखिएको छ।

प्राय: दिउँसोको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल तथा घरवरिपरि निरन्तर सफा राख्न विज्ञहरूको सुझाव छ। पानी जम्ने भाँडाहरू जस्तै गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मटीतेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनु हुँदैन।

पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ। एडिज लामखुट्टेले दिउँसो टोक्ने हुँदा पूरा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ। सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ।

लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ। घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 28, 2022| 17:15 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्