बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मनास्लु हिमपहिरोले लग्यो पुस्ताकै 'उत्कृष्ट' स्की पर्वतारोही

मनास्लु हिमपहिरोले लग्यो पुस्ताकै 'उत्कृष्ट' स्की पर्वतारोही

दशौं हिमालमा स्की गरिसकेकी उनी मनास्लुमा स्कीकै लागि आएकी थिइन्। उनीसँगै थिए श्रीमान मोरिसन। स्कीका क्रममा उनी पहिरोमा परिन्। दुई दिनपछि उनी भेटिइन्। उनको शव बेस क्याम्पमा झरिएको थियो।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं- हिलारी नेल्सन मनास्लु हिमालमा स्की खेलका लागि नेपाल आएकी थिइन्। सोमबार मनास्लुमा उनले स्की पनि गरिन्। स्कीका क्रममा मनास्लुमा आएको हिमपहिरोले उनलाई सधैँका लागि लिएर गएको छ। 

National life

बुधबार बिहान मृत्यु भएको अवस्थामा हिलारीको शव भेटिएको थियो। नेपालीहरु मनास्लुलाई ‘किलर माउन्टेन’ भनेर पनि चिन्ने गरेका छन्। किनभने यहाँ ७० भन्दा धेरैले ज्यान गुमाइसकेका छन्।

नेल्सनका श्रीमान जिम मोरिसनको विवरणको आधारमा, नेल्सन शिखरको धारबाट चिप्लिएर डेथजोनमा खसेकी थिइन्। उनी शिखरको दक्षिणी क्षेत्र तर्फबाट तल खसेकी थिइन्।

नेल्सन खराब स्की गर्ने खेलाडी भने होइनन्। उनको पुस्ताको सबैभन्दा उत्कृष्ट पर्वतारोही हिलारी भएको भएको स्पोन्सर कम्पनी नर्थ फेसको दाबी छ।

स्की एडभेन्चर गर्न रुचाउनेहरूका लागि मनपर्ने देशमध्येको एक हो नेपाल। यहाँका हिमालबाट दक्षिणतर्फको ढलान धेरै भएका कारण पनि स्की एड्भेन्चर पर्यटक नेपाल आउने गरेका छन्। त्यसैले हिलारी पनि नेपाल आइरहन्थिन्। नेपालमा भएका हिमालको अवलोकन मात्र गरिनन् उनले, आफैं चढेर अनुभव गरिरहिन्। हिलारी त्यस्तो खेलाडी हुन् जसले २४ घण्टाभित्र ८ हजार मिटरअग्ला दुई हिमालको आरोहण गरेकी छन्।

सन् २०१२ मा उनले पहिले सगरमाथाको आरोहण गरिन्। अनि त्यसका २४ घण्टा नपुग्दै ल्होत्सेको पनि सफल आरोहण गरिन्। सगरमाथा विश्वकै अग्लो हिमाल हो भने ल्होत्से विश्वकै चौथो अग्लो हिमाल हो। उनी विश्वकै साहसी महिलाको २५औं नम्बरमा परेकी थिइन्। यो चाहिँ मेन्स जोर्नलले गरेको मूल्यांकनमा आधारित छ। 

प्रकाशित: Sep 28, 2022| 16:39 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।