आइतबार, असोज ४, २०८३

देशभर उद्योगको संख्या ६० हजार १८५ पुग्यो

नेपालमा उद्योग क्षेत्रमा कुल लगानी ६ खर्ब १९ अर्ब ५१ करोड ६ लाख ३७ हजार पुगेको तथ्यांक विभागको विवरण।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं– तथ्यांक विभागले देशभर उद्योगको संख्या ६० हजार १८५ पुगेको विवरण सार्वजनिक गरेको छ। बुधबार विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्भे रिपोर्टले यस्तो देखाएको हो।

विवरणअनुसार उद्योग क्षेत्रमा नेपालमा कुल लगानी ६ खर्ब १९ अर्ब ५१ करोड ६ लाख ३७ हजार पुगेको छ। यस क्षेत्रमा सक्रिय जनशक्ति ४ लाख ९१ हजार २२७ छन्। यीमध्ये ३ लाख ८१ हजार ६८७ जना श्रमिक रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

यी उद्योगले वार्षिक पारिश्रमिकमा मात्रै १ खर्ब ७ अर्ब ८९ करोड २६ लाख ३४ हजार खर्चिने गरेको अध्ययनमा देखिएको छ। उद्योगको कुल उत्पादनको मूल्य १२ खर्ब १ अर्ब १७ करोड ७ लाख २९ हजार रहेको छ। यसमा कुल लगानी ८ खर्ब ४६ करोड ६५ लाख ८८ हजार ९६ हजार र यसमा मूल्य अभिवृद्धि ३ खर्ब ५४ अर्ब ५१ करोड १८ लाख ३३ हजार रहेको अध्ययनले देखाएको छ।

नेपालमा खानी क्षेत्रमा ३५६ र उत्पादन क्षेत्रमा ५६ हजार ६११, विद्युत्, ग्यास क्षेत्रमा ९९४ र पानी तथा यसको वितरण क्षेत्रमा २ हजार २२४ वटा उद्योग सञ्चालनमा छन्।

प्रकाशित: Sep 28, 2022| 15:19 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्