साधना गर्ने मानिस स्वतह रुपमा अनुशासित हुन्छ। साधकले आध्यात्मिक उठानमा माथि उठ्नका लागि गर्न नहुने केही कुरा छन्। कुनै पनि साधकले हत्या गर्नु हुँदैन। योगमा पनि पतन्जलीले अहिंसा भन्नु भएको छ। एन, नियम, आसन, प्रणायाम, ध्यान, समाधी त्यसमा एममा पहिलो कुरा अहिंसा भनेको छ। आफ्नो जिप्रोको स्वादका लाग निरिह प्राणिको सिकार गर्नु हुँदैन। गुरु भन्नेहरूले पनि मांसाहारको वकालन गरिरहेको देख्छु। ती आफैँ पनि अन्धकारमा छन् र अरुलाई पनि अन्धकारमा परिरहेका छन्। आफ्नो जिब्रोको स्वादका लागि हत्या गर्नु हुँदैन। सक्छौं भने सिंहलाई मारेर खाउ त। हामी खाँदैनौं भने उनीहरूको संख्या बढ्छ भनिन्छ। खै हामीले नखाने बाघ र सिंहको संख्या बढेको। निरिह प्राणि त हाम्रो मायाको भोको हुन्छन्। सानोमा बाघलाई पालेको मान्छेलाई धेरै दिनमा भेट हुँदा बाघलेसमेत अंकमाल गर्छ। हास, कुखुरा, माछासमेत प्रेमका भोका हुन्छन्। ध्यान पनि गरिँदैछ, हत्या पनि गरिँदै छ भने ध्यान नगरे हुन्छ।
हत्याकै कुरा गर्दा भ्रुण हत्या पनि गर्नु हुँदैन। गर्भमा के छ भनेर हेर्यो। आफूलाई नचाहिने छ भने हत्या गर्यो। कसैको पनि अपमान गर्नु हुँदैन। स्त्रीको अपमान गर्दा राम्रो हुँदैन भन्ने छ। यस्तै विश्वासघात कसैलाई पनि गर्नु हुँदैन। एउटा साधकले विश्वासघात गर्नै सक्दैन। साधकले विश्वासघात गर्छ भने त्यो घात आफैँतर्फ फर्किन्छ। आचारणतिर ध्यान राख्दा बुद्धिष्टका हजारौं आचारण छन्। सम्झिनै सकिँदैन। ध्यान र साधना गर्ने हो भने राम्रा आचारण आफैँ आउँछन्। देवी देउता, आफूभन्दा बुज्रुक मानिस तथा कसैलाई पनि अपमान गर्नु हुँदैन। अरुको अपमान गर्ने मानिस कहिले पनि सुखी हुँदैन।
आफू भन्दा कमजोरलाई सकिन्छ सहयोग गरौं। सकिँदैन सताउने काम नगरौं। भोको प्राणि बाहिर भए आफूले भोजन गर्नु भन्दा पहिले त्यस्ता प्राणिलाई भोजन गराउनुपर्छ। मै लगाउ मै खाउ भन्ने भावनाबाट मानिस टाढा हुनुपर्छ। कति प्राणि कति कष्टप्रद अवस्थामा छन्। भोकको पीडा भोकबाट व्युझिएको व्यक्तिलाई थाहा हुन्छ। एउटा बाछिले बीस लिटर पानी खाई। खाने कुरा दिँदा उसले खाने कुरा खाइन। उसले मलाई प्यास लाग्यो भन्न सक्दैन। हामी विवेकी मानिसले मै खाउ मै लाउ भन्दा ती प्राणिको विजोग छ। सकेसम्म प्राणिलाई भोकै छकी हुर्नुपर्छ।
अनाधिकृत अर्काको सम्पत्ति पनि खोस्नु हुँदैन। ठगि नगर्नु। व्यापार गर्ने मानिसले अति मुनाफा त राख्छ नै। उचित मुनाफा ठगि होइन। अनुचित मुनाफा गठि हो। आत्कि प्रगति गर्नु छ भने रक्सी र मासुको प्रयोग गर्नु हुँदैन। चेतना जगाउँनु छ, रक्सी खाएर मातिन थालेपछि कसरी हुन्छ। परस्त्री गमन गर्नु। सारा संसारलाई प्रेम गर्नु। परस्त्री जस्तो पीडा केही पनि होइन। साधकका लागि परस्त्री गमन साह्रै पीडा हो। अदालतमा गएर झुटाको साँच्चि बस्नु हुँदैन। प्रकृतिको हरियालीलाई नष्ट गर्नु हुँदैन। त्यसैले राम्रा कर्म गर्नुपर्छ। नराम्रा कर्मको फल नराम्रै हुन्छ। परिवारको पनि उपेक्षा गर्नु हुँदैन। पवित्र स्थानमा गएर मलमूत्र विसर्जन गर्नु हुँदैन।