बिहीबार, चैत ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सुनको मूल्य एकैदिन ५ हजार बढीले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य एकैदिन ५ हजार बढीले घट्यो, कतिमा हुँदैछ कारोबार ?

 |  बिहीबार, चैत ५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०८२

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु १४० ले घटेको हो।

National life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम भएको छ। 

हिजो बुधवार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १५० कायम भएको थियो। गत मङ्गलवार एक तोला छापावाल सुन रु तीन लाख नौ हजार ९०० र एक तोला चाँदी रु पाँच हजार ३३५ कारोबार भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
 

प्रकाशित: Mar 19, 2026| 11:53 बिहीबार, चैत ५, २०८२
प्रतिक्रिया दिनुहोस्