आइतबार, असोज ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चंगा उडाउन रोक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चंगा उडाउन रोक

हवाईजहाज उडान तथा अवतरणको समय विमानस्थल वरपर चंगा उडाउँदा उडान सुरक्षामा असर पर्ने भन्दै प्राधिकरणले रोक लगाएको हो।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चंगा उडाउन नपाइने बताएको छ। हवाईजहाज उडान तथा अवतरणको समय विमानस्थल वरपर चंगा उडाउँदा उडान सुरक्षामा असर पर्ने भन्दै प्राधिकरणले रोक लगाएको हो।

‘यस्तो कार्यबाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने सक्ने हुँदा यस किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न–नगराउन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ प्राधिकरणको सूचनामा भनिएको छ।

सूचनाको अवज्ञा वा अटेर गरी चंगा उडाए प्रचलित कानुनअनुसार कारबाही हुने प्राधिकरणको बताएको छ।

प्रकाशित: Sep 28, 2022| 11:02 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्