शनिबार, असार ६, २०८३

'द भ्वाईस' अमेरिकाका सबै जजलाई फर्काउन सफल नेपाली मूलकी प्रजिता

प्रजिताले लब्रिन्थको 'जेलस' गित गाउँदै १५ सेकेन्डमै निर्णायकलाई आफुतिर फर्काउन सफल भएकी हुन्।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं- नेपाली मुलकी प्रजिता बाँस्तोलाले गायन रियालिटी शो 'द भ्वाइस'को अमेरिकी संस्करणमा चारै जना निर्णायकलाई फर्काउन सफल भएकी छिन्। प्रजिताले लब्रिन्थको 'जेलस' गित गाउँदै १५ सेकेन्डमै निर्णायकलाई आफुतिर फर्काउन सफल भएकी हुन्।

National life

नेपाली समयानुसार बुधबार बिहान भएको शोमा उनले पहिलो गायकी प्रस्तुति गर्दै नेपाली राष्ट्रियता, संस्कृति र संगीतलाई विश्व मञ्चमा पुर्‍याउने जमर्को गरिन्।

चर्चित अंग्रेजी गीत 'जेलस' गाउँदै उनले चारैजना जजलाई मन्त्रमुग्ध पारिन्। चारैजना निर्णायकले उनको गायकीको प्रशंसाका साथै, सहकार्य गर्न पाएकोमा सम्मानित महसुस भएको पनि बताए।  

प्रजिताले चारैजना जजलाई नेपालबाट लगेको रुद्राक्षको माला लगाइदिएकी थिइन्। आफू द भ्वाइसमा भाग लिने पहिलो नेपाली प्रतिस्पर्धीको रुपमा चिनाएकी उनले आफूले नेपाली संगीत सुन्ने तर मनपर्ने जनरा चाहिँ आरएण्डबी भएको बताइन्।

प्रकाशित: Sep 28, 2022| 10:10 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।