काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षधरले आज पार्टी कार्यालय सानेपामा धर्ना दिने भएको छ। गत सोमबार बिहान ठमेलमा बसेको कोइराला पक्षको बैठकले असोज १२ गते केन्द्रीय कार्यालय सानेपामा धर्ना गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुरुप शेखर समूहले पार्टी कार्यालयमा धर्ना दिन लागेको हो।
उनीहरूले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति धर्ना दिन लागेको बताएका छन्। शेखर कोइराला समूहले समानुपातिकको बन्दसूचीमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको आरोप लगाउँदै आएको छ।
असोज १४ गतेसम्म समानुपातिक बन्दसूची सच्याउन शेखर समूहको माग छ।