मंगलबार, साउन १२, २०८३

लागूऔषधसहित झापाबाट तीन जना पक्राउ

लागूऔषधसहित झापा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। झापाको बिर्तामोड-५ पाथिभरा टोलबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

झापा- लागूऔषधसहित झापा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। झापाको बिर्तामोड-५ पाथिभरा टोलबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ १३ ग्रामसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेमा इलाम माई नगरपालिका-२ बस्ने वर्ष २२ का केबिन्द्र गोले, सोही स्थानका वर्ष २७ का गोम्बु दोर्जे गोले र पाँचथर फाल्गुनन्द गाउँपालिका-५ बस्ने वर्ष ३२ का सन्त लिम्बु रहेका छन्। 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी झापाका सूचना अधिकारी बसन्त पाठकले जानकारी दिए। 

प्रकाशित: Sep 28, 2022| 09:19 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।