आइतबार, मंसिर ७, २०८२

खेलकुद मन्त्री अथकले दिए राष्ट्रिय फुटबल टिमलाई बधाई

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन्।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन्। मंगलबार भएको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेशविरुद्ध जित निकाल्न सफल राष्ट्रिय टिमका खेलाडीलाई मन्त्री अथकले बधाई दिएका हुन्। 

National life

सामाजिक संजालमा खेलाडीसँगको तस्बिर शेयर गर्दै मन्त्री अथकले नेपाली राष्ट्रिय टिमलाई बधाई दिएका छन्।

मंगलबार बेलुका नेपाल र बंगलादेशबीचको खेल हेर्न दशरथ रंगशाला पुगेका मन्त्री अथकले खेल सकिएलगत्तै मैदानमै पुगेर खेलाडीलाई बधाई दिएका थिए। बिजयी सेलिब्रेशन गरीरहेका खेलाडीलाई साथ दिन मैदानमै उत्रिएका मन्त्री अथकले राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ लगातएका खेलाडीसँग केही समय भलाकुसारी गरेका थिए।

प्रतियोगिता अवधिभर रंगशालामै बसेर मन्त्री अथकले खेलाडीहरुको हौसला समेत बढाएका थिए। मैत्रिपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३-१ गोलअन्तरले पराजित गरेको थियो।

प्रकाशित: Sep 28, 2022| 08:50 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।