शनिबार, असोज ३, २०८३

श्रीमतीको हत्या आरोपमा श्रीमान‍् पक्राउ

धनुषा प्रहरीले श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। पक्राउपर्नेमा जिल्लाको गणेशमान चारनाथ नगरपालिका-६ मुसहरी टोल बस्ने रेविया सदा रहेका छन्।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

जनकपुर- धनुषा प्रहरीले श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। पक्राउपर्नेमा जिल्लाको गणेशमान चारनाथ नगरपालिका-६ मुसहरी टोल बस्ने रेविया सदा रहेका छन्। 

रेवियाले ३५ वर्षीया श्रीमती आशा देवी सदालाई कुटपिट गरी हत्या गरेको कुरा जानकारी हुनासाथ खटिएको अनुसन्धान टोलीले उनलाई मुसहरीटोलबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्री बताए।

रेवियाले मादक पदार्थ सेवन गरी ढुंगाले प्रहार गरी आशा देवीको हत्या गरेको कुरा स्वीकार गरेको डिएसपी क्षेत्रीले बताए। 

पक्राउ परेका रेवियाको साथबाट प्रहरीले हत्या गर्न प्रयोग गरिएको ढुंगाको सिलौटो (चिप्लौटा) र बियरको बोतलसमेत बरामद गरेको धनुषा प्रहरीले जनाएको छ।

उनीमाथि ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको डिएसपी क्षेत्रीले बताए।

प्रकाशित: Sep 28, 2022| 07:05 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।