मंगलबार, साउन १२, २०८३

सल्यानमा जिप दुर्घटना : आठ जनाको मृत्यु, एक गम्भीर

सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ। रा१ज ५६३ नम्बरको जीप राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

दाङ- सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ। रा१ज ५६३ नम्बरको जीप राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।  

जीपमा सवार नौ जना रहेको कपुरकोट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष होमबहादुर खड्काले बताए। जिपमा कपुरकोट गाउँपालिका वडा नम्बर ५ र ६ का स्थानीय सवार रहेका थिए ।

नेपालगञ्जबाट कपुरकोट–६ जलवाङका लागि हिँडेको जिप बुधबार बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: Sep 28, 2022| 06:37 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।