बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानमा मनसुनी वर्षा र बाढीको कारण १६ सयभन्दा बढीको मृत्यु

पाकिस्तानमा मनसुनी वर्षा र बाढीको कारण १६ सयभन्दा बढीको मृत्यु

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ हजार ३८ पुगेको छ। यस प्रकोपमा परी पाकिस्तानमा १२ हजार आठसय ६५ घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले सोमबार राति जनाएको छ।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

इस्लामावाद- पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ हजार ३८ पुगेको छ। यस प्रकोपमा परी पाकिस्तानमा १२ हजार आठसय ६५ घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले सोमबार राति जनाएको छ।

एनडीएमएले जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढी सम्बन्धी दुर्घटनामा ज्यान गुमाउनेमा पाँच सय ८८ बालबालिका र तीन ३२ महिला रहेका छन्।

देशको दक्षिणी प्रान्त सिन्ध यस प्रकोपबाट सबैभन्दा प्रभावित भएको जनाइएको छ। सिन्ध प्रान्तमा यस प्रकोपमा परी सात सय ४७ जनाको मृत्यु भएको छ। त्यसपछि दक्षिणपश्चिम बलुचिस्तान र उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा क्रमशः तीन सय २३ र तीन सय छ जनाको मृत्यु भएको छ। 

यसबाहेक, पाकिस्तानका विभिन्न भागमा २० लाख ४९ हजार पाँच सय ३२ घर ध्वस्त भएका छन्। एघार लाख २० हजार दुई सय ६१ पशुधनको मृत्यु भएको प्रतिवेदनले जनाइएको छ।

बाढीबाट करिब तीन करोड ३० लाख ४६ हजार तीन सय २९ मानिस र ८४ जिल्ला प्रभावित भएका छन्। यस वर्ष जारी रहेको यस प्रकोपमा परी १३ हजार ७४ किलोमिटर लामो सडक र चार सय १० पुलमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।

kumari

प्रकाशित: Sep 28, 2022| 00:10 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।