बुधबार, फागुन २०, २०८२

इन्डोनेसियामा पहिरो जाँदा ६ जनाको मृत्यु, तीन बेपत्ता

इन्डोनेसियामा पहिरोमा परी मङ्गलबार कम्तीमा छ जनाको मृत्यु भएको छ।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

जाकार्ता- इन्डोनेसियामा पहिरोमा परी मङ्गलबार कम्तीमा छ जनाको मृत्यु भएको छ। 

परम्परागत सुन खानीमा गएको पहिरोमा परी अरु तीन जना हराइरहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।

देशको दक्षिणी कालिमान्तान प्रान्तमा भएको घटनामा परी हराइरहेकाहरूको खोजी भइरहेको समाचारमा जनाइएको छ। खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, स्थानीय बासिन्दा, स्वयम्‌सेवक लगायत परिचालित छन्। 

मृत्यु भएका र डराईरहेका सबै जना खानीका मजदुर नै रहेको खोजी तथा उद्धार कार्यमा खटिएकाहरूलाई बताएका छन्।  

'अहिलेसम्म छ ओटा शव भेटिएको छ, अरु तीन जना अझै पनि हराइरहेका छन्, हराइरहेकाहरूको खोजी कार्य भइरहेको छ,' स्थानीय एक अधिकारीले सिन्ह्वासँग टेलिफोनमा भने।  

kumari

घटनास्थल निकै दुर्गम क्षेत्रमा पर्ने भएकाले थप विवरण आउन बाँकी नै रहेको पनि ती सरकारी अधिकारीले जानकारी दिएका छन्।  


प्रकाशित: Sep 27, 2022| 23:45 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।