बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुसमा अझै पनि कोरोनाको महामारी, एक दिनमा झण्डै ३७ हजार सङ्क्रमित

रुसमा अझै पनि कोरोनाको महामारी, एक दिनमा झण्डै ३७ हजार सङ्क्रमित

विश्वको शक्तिशाली राष्ट्र रुसमा अझै पनि कोरोना भाइरसको महामारी फैलिइरहेको छ।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

मस्को- विश्वको शक्तिशाली राष्ट्र रुसमा अझै पनि कोरोना भाइरसको महामारी फैलिइरहेको छ। 

कोरोना भाइरस विरुद्धको खोप समेत आविष्कार गरेको रुसले आफ्नै देशमा त्यसको महामारी नियन्त्रण गर्न भने अझैसम्म पनि असफल भएको हो। 

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार रुसमा अहिले पनि दैनिक झण्डै ३७ हजार मानिस कोरोना भाइरसबाट सङ्क्रमित हुने गरेका छन्।  

रुसको आधिकारिक निकायले मङ्गलबार थप ३६ हजार ६०५ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरेको छ। योसँगै अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या दुई करोड आठ लाख ६९ हजार ७१४ पुगेको पनि अधिकारीहरूले जनाएका छन्।  

त्यसैगरी कोरोना भाइरसका कारण रुसमा अहिलेसम्म कुल तीन लाख ८६ हजार ९४३ जनाको मृत्यु भएको छ। ती मध्ये १०१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।

kumari

रुसमा कोरोना भाइरस नियन्त्रणका लागि प्रयास भइरहेपनि देशका विभिन्न ठाउँमा अहिले पनि सङ्क्रमण फैलिइरहेको छ। 

प्रकाशित: Sep 28, 2022| 04:45 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।