शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रसंघमा परराष्ट्र सचिवले भने- नेपाल सदैव विश्वशान्ति, स्थिरता र समृद्धिको पक्षमा छ

राष्ट्रसंघमा परराष्ट्र सचिवले भने- नेपाल सदैव विश्वशान्ति, स्थिरता र समृद्धिको पक्षमा छ

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले स्कटल्यान्डको ग्लास्गोमा सम्पन्‍न कोप बैठकलाई सम्बोधन गर्ने क्रममा नेपाललगायत विकसित देशहरूले व्यहोर्नुपरेको वातावरणीय संकटको सामना गर्न र सन् २०४५ सम्म शून्य इमिसन प्राप्त गर्ने नेपालको प्रतिबद्धता पूरा गर्न बाह्य सहयोग आवश्यक रहेको भन्ने विषय स्मरण गर्दै सचिव पौडेलले नेपालले त्यसबेला प्रतिबद्धता गरेको वातावरण परिवर्तनका पक्षमा गरिने कार्यक्रम कार्यान्वयनका लागि यथाशक्य छिटो सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

काठमाडौं- पराराष्ट्र सचिव भरतराज पौडेलले विश्वशान्ति, कोभिड महामारी, भूराजनीतिक तनाव, असमानता, वातावरण परिवर्तन जस्ता पक्ष विश्वसामु अहिले चुनौतीका रूपमा देखापरेको बताएका छन्। 

National life

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७७औँ साधारणसभामा भाग लिने क्रममा परराष्ट्र सचिव पौडेलले विश्वमा देखिएका चुनौतीको सामना गर्न अन्तर्राष्ट्रियस्तरमा मजबुत ऐक्यबद्धतासहित सहयोग र सहकार्य हुनुपर्ने धारणा व्यक्त गरे। 

कोभिड महामारी नियन्त्रण गर्नु अहिले विश्वको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै उनले मानवजीवन रक्षाका लागि आवश्यक कोभिडविरुद्धको खोप समानरूपमा विश्वभर उपलब्ध हुनुपर्नेमा जोड दिए। 

लक्षित जनसङ्ख्याको ९६ प्रतिशतभन्दा बढी जनतालाई खोप दिन नेपाल सफल भएको चर्चा गर्दै परराष्ट्र सचिव पौडेलले कोरोनाविरुद्धको खोप अभियानमा नेपाललाई सहयोग गर्ने छिमेकी देश भारत र चीनसहित विकास साझेदार देश र निकायलाई धन्यवाद दिए। 

विश्वमा देखिएका उल्लिखित चुनौतीबाट विशेषगरी अतिकम विकसित र कमविकसित देश प्रभावित भई दिगो विकासको लक्ष्यको उपलब्धि हासिल गर्न कठिन हुने धारणा व्यक्त गर्दै संरचनागत आर्थिक रूपान्तरण, बृहत् लगानी र क्षमताको अभाव तथा दिगो विकासका पक्षमा लिएका लक्ष्य पूरा गर्न नसके पनि विकासको पथमा नेपाल लम्किरहेको उनले बताए। 

सचिव पौडेलले बाह्य लगानी वृद्धि गर्न, ऋण सहयोगमा सहुलियत दिन, व्यापार प्रवद्र्धनमा सहयोग गर्न र विकास निर्माणको पक्षमा सहयोग अभिवृद्धि गर्न विश्व समुदायको ध्यानाकर्षण गराए। 

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले स्कटल्यान्डको ग्लास्गोमा सम्पन्‍न कोप बैठकलाई सम्बोधन गर्ने क्रममा नेपाललगायत विकसित देशहरूले व्यहोर्नुपरेको वातावरणीय संकटको सामना गर्न र सन् २०४५ सम्म शून्य इमिसन प्राप्त गर्ने नेपालको प्रतिबद्धता पूरा गर्न बाह्य सहयोग आवश्यक रहेको भन्ने विषय स्मरण गर्दै सचिव पौडेलले नेपालले त्यसबेला प्रतिबद्धता गरेको वातावरण परिवर्तनका पक्षमा गरिने कार्यक्रम कार्यान्वयनका लागि यथाशक्य छिटो सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। 

उनले नेपाल सदैव शान्ति, सुरक्षा, निशस्त्रीकरणको पक्षमा रहेको छ भनी पछिल्ला दिनमा विश्वमा सैनिक शीर्षकमा खर्च वृद्धि भइरहेकामा चिन्ता व्यक्त गर्दै नेपालले जहाँ र जनुसुकै किसिमका आतङ्कवादी गतिविधिको भर्त्सना गर्ने बताए। 

नेपालको संविधानले मानवअधिकारको पूर्ण प्रत्याभूति गरेको चर्चा गर्दै उनले मौलिक स्वन्त्रता, समावेशीकरण र सहभागिताको सिद्धान्तलाई नेपाले अङ्गीकार गरेको स्पष्ट गरे। विस्तृत शान्ति सम्झौता र समयसापेक्ष रूपमा अन्तर्राष्ट्रिय समुदायमा जनाइएको प्रतिबद्धताअनुसार पीडित पक्षलाई न्याय दिने पक्षमा नेपाल रहेको सचिव पौडेलले बताए। 

उनले युक्रेन, अफगानिस्तान, म्यान्मार, लिबिया, सिरिया, यमन र मध्यपूर्वको अवस्थाबारे नेपाल जानकार रहेको बताउँदै शान्तिसुरक्षा र स्थायित्व सुनिश्चितताका पक्षमा सहभागी हुन विश्व समुदायसँग अनुरोध गरे। 

संयुक्त राष्ट्रसंघको शान्ति, सुरक्षा र स्थायित्व कायम गर्ने अभियानमा नेपालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै ७७औँ महासभामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने परराष्ट्र सचिव पौडेलले राष्ट्र सङ्घीय शान्ति सेनामा खटिने सुरक्षाकर्मीलाई आवश्यक तालिम र स्रोतसाधनको व्यवस्था हुनुपर्नेमा जोड दिएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Sep 27, 2022| 21:57 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।