धनुषा- ३२ वर्षीया श्रीमती दुलारी सदाको हत्या गरेको अभियोगमा उनका श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका-६ मुसहर टोल बस्ने रेबिया सदा छन्।
मादक पदार्थ सेवन गरेका रेबियाले सोमबार श्रीमती दुलारीलाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। यसपछि पुगेको प्रहरीले रेबियालाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।