आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

काठमाडौं- नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्। 

National life

बंगलादेशविरुद्ध मैदान उत्रिनुअघि सञ्‍चारकर्मीसँग कुरा गर्दै उनले आफू टिममा फर्किन पाउँदा खुसी व्यक्त गर्दै भने, 'मलाई तत्कालीन प्रशिक्षक अलमुताइरीले टिमबाट निकालेको हो। म टिममा रहन चाहँदा-चाहँदै पनि टिमबाट निकालिएपछि मैले खेल्न पाइनँ। म मात्रै निकालिएको होइन। त्यो समयमा अन्य १० जना खेलाडीलाई पनि टिमबाट निकालिएको थियो।'

यति धेरै मिहेनत गरेर राष्ट्रिय टिमको नेतृत्व गर्ने अवस्थामा पुगेको बताउँदै त्यस समयमा निकै दु:ख लागेको उनले बताए। उनले थपे, 'म अहिले टिममा फेरि फर्किएको छु। म धेरै खुसी छु, फेरि एकपटक म देशको नेतृत्व गर्दैछु। केही समय अघि देशको लागी खेल्न नपाउँदा दुःख लागेको थियो। तर, अहिले एकपटक फेरी पूरै देशको नेतृत्व गर्ने मौका पाएको छु, यसलाई सदुपयोग गर्नेछु।'

टिमभन्दा बाहिरको मान्छेका लागि सबै खेलाडी समान रहेको र टिममा कुनै पनि गुट-उपगुटहरु नरहेको उनले बताए। उनले भने, 'राष्ट्रिय टिममा गइसकेपछि कुनै पनि कुरा विभेद, गुटबन्धी केही पनि हुँदैन। नेपाली टिममा त राई, लिम्बु, क्षेत्री, बाहुनजस्ता जातका कुराहरु अथवा त यो ठाउँबाट आको, त्यो ठाउबाट आको जस्ता कुराहरु पनि हुँदैनन्। हामी राष्ट्रिय टिममा आएपछि एउटा सिंगो राष्ट्रको लागि खेल्ने हो। बाहिरको मान्छेले कसरी सोचेको छ, त्यसको बारेमा मलाई थाहा छैन। तर, म एउटा कप्तानको हिसाबले, टिममा भइसकेपछि हामी देशको लागि खेल्न आको हो। हामीले देशलाई संसारमा चिनाउनका लागि खेल्ने हो।'

राष्ट्रिय टिमका सिनियर खेलाडी रोहित चन्दले प्रशिक्षणका क्रममा खेलाडीको व्यवस्थापन राम्रो नभएको र तत्कालीन प्रशिक्षक अबदुल्ला अलमुताइरीले पनि दुर्व्यवहार गरेको भन्दै असन्तुष्टि जनाउँदै क्याम्प छाडेका थिए। त्यसपछि उनलाई समर्थन गर्दै राष्ट्रिय टिमका अन्य सिनियर खेलाडी विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, सुमन लामा, तेज तामाङ, विशाल राई, बिमल घर्तिमगरलगायतका खेलाडीले पनि चन्दलाई समर्थन गर्दै क्याम्प छाडेका थिए।

Laxmi sunrise bank
kumari

त्यो समय टिमका कप्तान किरण चेम्जोङ व्यवसायिक फुटबल खेल्ने क्रममा माल्दिभ्समा रहेका थिए। माल्दिभ्सबाटै उनले पनि चन्द तथा अन्य खेलाडीको समर्थन गर्दै र प्रशिक्षक अलमुताइरीले खेलाडीप्रति देखाएको व्यवहारमा असन्तुष्टि जनाएर फेसबुमा पोष्ट लेखेका थिए। 

उनले भनेका थिए, ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ। राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन। टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु।’ क्याम्प छाडेका खेलाडीको समर्थन गरेको भन्दै किरणलाई पनि टिमबाट निकालिएको थियो।

नेपाली राष्ट्रिय टिमका कप्तान एवंम गोलकिपर किरण सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली खेलाडी हुन्। उनले गत वर्ष २० भदौमा भारतविरुद्ध मैदानमा उत्रिँदा नेपाली राष्ट्रिय टिमबाट ७४औं खेल खेल्दै सर्वाधिक खेलाडीको रेकर्ड बनाए। किरण यसअघिका कप्तान विराज महर्जनले बनाएको ७३ खेलको रेकर्डलाई पछि पार्दै राष्ट्रिय टिमबाट सर्वाधिक खेल्ने एक्ला खेलाडी बने। त्यसपछि उनले जति खेल खेले, ती सबै रेकर्ड हुन्।

किरणले २००८ मा कम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा लाओसविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय डेब्यू गरे पनि त्यो खेल सुखद् रहेन। खेलको २३औं मिनेटमा उनको मुखमा चोट लाग्यो। उनी बाहिरिए। त्यसपछि उनलाई खेलमा ब्याक हुनै नसकिने हो कि भन्ने डर थियो। तर, त्यस्तो भएन। किरणले तीन वर्षपछि १७ मार्च २०११ मा जीवनको दोस्रो अन्तर्राष्ट्रिय खेल खेले, भुटानविरुद्ध। भुटानविरुद्धको खेलपछि उनी निरन्तर राष्ट्रिय टिमको पहिलो रोजाइका गोलकिपरको रूपमा छन्। राष्ट्रिय टिममा निरन्तर रुपमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जितेका छन्।


प्रकाशित: Sep 27, 2022| 20:25 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।