मंगलबार, साउन १९, २०८३

कांग्रेसको चुनाव प्रचार-प्रसार समितिको संयोजकमा डा. महत मनोनित

नेपाली कांग्रेसको चुनाव प्रचार-प्रसार समितिको संयोजकमा प्रवक्ता डा. प्रकाशशरण महतलाई मनोनित गरिएको छ।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

काठमाडौं- नेपाली कांग्रेसको चुनाव प्रचार-प्रसार समितिको संयोजकमा प्रवक्ता डा. प्रकाशशरण महतलाई मनोनित गरिएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिक केन्द्रीय सदस्यसमेत रहेका प्रवक्ता डा. प्रकाशशरण महतलाई प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय प्रचार-प्रचार समितिको संयोजकमा मनोनय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। 

महत यसअघि पार्टीको महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका थिए। उनलाई पछि सभापति देउवाले केन्द्रीय सदस्यसँगै प्रवक्तामा मनोनित गरेका हुन्। 

कांग्रेस सभापति देउवाले यसअघि पार्टीको चुनावी घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री विश्‍वप्रकाश शर्मालाई संयोजक बनाएका छन्। 

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन यही मंसिर ४ गते देशभर एकै चरणमा हुने भएको छ। 

प्रकाशित: Sep 27, 2022| 19:46 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...