शुक्रबार, मंसिर २२, २०८०

लुम्बिनीका विद्युतीय गाडीको यान्त्रिक परीक्षण असोज १५ देखि

असोज १५ देखि ५ दिनसम्म अफिसियल परीक्षणसमेत हुने गरी नि:शुल्क यातायात सेवा सञ्चालन गर्ने निर्णय गरिएको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए।
 |  मंगलबार, असोज ११, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

बुटवल- लुम्बिनी विकास कोषले असोज १५ गतेदेखि विद्युतीय गाडीको यान्त्रिक परीक्षण सुरु गर्ने भएको छ। मंगलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभएपनि दसैँको उपलक्ष्यमा ५ दिन चार्जिंङ स्टेसन र गाडीको मेसिनरी परीक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने निर्णय गरेको हो।

sagarmatha cement

असोज १५ देखि ५ दिनसम्म अफिसियल परीक्षणसमेत हुने गरी नि:शुल्क यातायात सेवा सञ्चालन गर्ने निर्णय गरिएको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए। 

सचिवालय बैठकले जिल्ला प्रशासन कार्यलय रुपन्देहीको सहयोग लिने निर्णय गरेको छ। बस सञ्चालनका लागि कोषका बोर्ड सदस्य बिश्वराज पौडेलको संयोजकत्वमा जावेद अख्तर र धर्मेन्द्र पाल सदस्य रहेको संयोजन समिति गठन गरेको छ। कोषले यसअघि लुम्बिनीमा रहेका विद्युतीय गाडी सञ्चालनका लागि कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलले कोषका अध्यक्ष तथा नागरिक उडडयन तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई भदौ १२ गते प्रतिवेदन बुझाएको थियो। कोषको भदौ २३ गते बसेको कार्यकारिणी बैठकले कार्यविधिलाई अर्को बैठकले पास गर्ने निर्णय गरेको कोषाध्यक्ष भट्टराईद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ। कोषले दसैँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको थियो।

घटस्थापनाको समय गुज्रेपछि आलोचना बढनु स्वभाविक भएको बताउँदै पर्यटन मन्त्रालयले कोषलाई गाडी हस्तान्तरण गरेपनि यात्रु बोक्न सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा गाडीको नामसारी नहुँदा ढिलाई भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

worldlink

‘हामीले एक महिना अघिदेखि प्रदेश पर्यटन र यातायात कार्यलयमा नम्बर प्लेट परिवर्तनमा निवेदन पेश गरेका थियौं, पर्यटन दिवसकै दिन प्रदेश पर्यटन मन्त्रालयले हरियो प्लेटका लागि सहमति प्रदान गरेको छ,’ कोषाध्यक्ष भट्टराईले सचिवालय बैठकपछि जारी विज्ञप्तिमा भनेका छन, ‘यातायात कार्यलयबाट नामसारी भएपछि आवश्यक रुट अनुमति लिएर विद्युतीय बस सञ्चालन गरिनेछ।’  बस तथा भ्यानको तेश्रो पक्षको बिमा गरेपछि अफिसियल परीक्षण गरी सञ्चालन गरिने कोषले जनाएको छ।

प्रधानमन्त्री कार्यलय, गृहमन्त्री बालकृष्ण खाण, प्रदेश पर्यटन मन्त्रालयका मन्त्री डिल्ली बहादुर चौधरीको चासोलाई कोषले सकरात्मक रुपमा लिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: Sep 27, 2022| 18:45 मंगलबार, असोज ११, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।