शुक्रबार, मंसिर १२, २०८२

लुम्बिनी भ्रमणमा आएका पर्यटकलाई स्वागत

४३ औं विश्व पर्यटन दिवस लुम्बिनीमा पनि मनाइएको छ। लुम्बिनी विकास कोषसहित लुम्बिनी होटल संघ, लुम्बिनी पर्यटन व्यवसायी संघ लगायतका संस्थाहरुले लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुलाई स्वागत गरेर दिवस मनाइएको हो।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

बुटवल- ४३ औं विश्व पर्यटन दिवस लुम्बिनीमा पनि मनाइएको छ। लुम्बिनी विकास कोषसहित लुम्बिनी होटल संघ, लुम्बिनी पर्यटन व्यवसायी संघ लगायतका संस्थाहरुले लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुलाई स्वागत गरेर दिवस मनाइएको हो।

National life

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतप हृदयरत्न बज्राचार्य, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रयले स्पेन, भियतनाम, होल्याण्ड, भारतबाट आएका पर्यटकहरुलाई खादा लगाएर लुम्बिनीमा स्वागत गरेका हुन्। शान्ति दीपमा स्वागत गर्दै पर्यटकहरुलाई मायादेवी मन्दिरसम्म स्थानीय सांस्कृतिक झाँकीसहित भ्रमणका लागि लगिएको थियो।

पर्यटक स्वागत कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले लुम्बिनी विश्वकै उत्कृष्ट पर्यटकीय स्थल भएको बताउँदै यसको प्रचारप्रसारमा सबै लाग्नुपर्ने बताए। उनले विदेशी पाहुनालाई स्वागत सत्कार गरेर पर्यटन दिवस मनाउन पाएकोमा खुशी व्यक्त गरे।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीमा पर्यटकहरु निर्धक्कसँग भ्रमण गर्ने वातावरण बनाएको बताए। उनले विश्व पर्यटन दिवसमा विदेशी तथा स्वदेशी पर्यटकलाई स्वागत गर्न पाउँदा निकै खुशी लागेको बताए। ‘विगतमा कोभिड महामारीका कारण पर्यटकको कमी थियो, अब पर्यटक आउने क्रम बढेको छ,’ उनले भने। उनले लुम्बिनी विकास कोषले पर्यटकलाई भ्रमणका लागि टुरगाइडको व्यवस्था समेत गरिएको बताए।

लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले लामो समयसम्म कोभिड महामारीका कारण पर्यटक भित्र्याउन नसकेको बताउँदै अब विस्तारै त्यो माहोल बढ्दै गएको बताए। उनले लुम्बिनीमा पर्यटकहरुलाई लक्षित गरी विशेष प्याकेजका कार्यक्रमसमेत सञ्चालन गरिएको बताए।

Laxmi sunrise bank
kumari



प्रकाशित: Sep 27, 2022| 14:10 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।