आइतबार, असोज ४, २०८३

डा. रोकालिखित ६ कविता संग्रह एकसाथ विमोचन

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा एक कार्यक्रमबीच वरिष्ठ कवि तुलसी दिवस र डा. रोकाले संग्रहहरु विमोचन गरेका हुन्।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

विराटनगर- वरिष्ठ न्युरो सर्जन डा. यामबहादुर रोकाका छ वटा कविता संग्रह शनिबार एकसाथ विमोचन गरिएको छ। हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा एक कार्यक्रमबीच वरिष्ठ कवि तुलसी दिवस र डा. रोकाले संग्रहहरु विमोचन गरेका हुन्।

प्रत्येक संग्रहमा एक सय आठ कविता छन्। रोकाका कविता संग्रहरको भाग  ३, ४, ५, ६, ७ र ८ सार्वजनिक गरिएको हो। भाग १ र २ यस अगाडि नै सार्वजनिक भईसकेकाछन्। 

शनिबार विमोचन गरिएका संग्रहबाट कवि निर्मल तामाङ, सविता गौतम दाहाल, सुयम रोकाले कविता वाचन गरेका थिए। कार्यक्रममा कवि सुमन पोखरेल, प्राज्ञ विवश पोखरेल, आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्री लगायतको उपस्थिती थियो।

संग्रहहरु फिनिक्स बुक्सले प्रकाशन गरेको हो। न्युरो सर्जरीका क्षेत्रमा स्थापित सर्जन डा. रोका सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित व्यक्ति हुन्।

प्रकाशित: Sep 27, 2022| 12:43 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।