आइतबार, जेठ ३, २०८३

प्रवेशपत्र देखाएर खोप लगाउने व्यवस्था मिलाउन विद्यार्थीको माग

पाँच विद्यार्थी संगठनका नेताहरुले परीक्षाको संवेदनशीलतालाई बुझेर स्वास्थ्य मन्त्रालयले विद्यार्थीलाई प्रवेशपत्रकै आधारमा खोप लगाउने प्रबन्ध मिलाउन ध्यानाकर्षण गराएका हुन्।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

National life

काठमाडौं – विद्यार्थी संगठनले परीक्षार्थीलाई प्रवेशपत्र देखाएर खोप लगाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। पाँच विद्यार्थी संगठनले सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्। 

पाँच विद्यार्थी संगठनका नेताहरुले परीक्षाको संवेदनशीलतालाई बुझेर स्वास्थ्य मन्त्रालयले विद्यार्थीलाई प्रवेशपत्रकै आधारमा खोप लगाउने प्रबन्ध मिलाउन ध्यानाकर्षण गराएका हुन्। नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौंले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएको ज्ञापनपत्रमा विश्वविद्यालयले परीक्षा जारी राखेकाले कोभिड १९को जोखिम पनि बढ्दै गएकाले विद्यार्थी मानसिक रुपमा परीक्षामा सहभागी हुन डराउँदा परीक्षा प्रभावित हुने भएकाले तत्काल खोपको प्रबन्ध गर्न माग गरिएको छ। 

राज्यमन्त्री श्रेष्ठले ज्ञापनपत्र बुझ्दै राज्यमन्त्री श्रेष्ठले परीक्षा केन्द्रमा नै खोप केन्द्र राख्न पहल गर्ने आश्वासन दिएका छन्।


प्रकाशित: Aug 09, 2021| 16:14 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्