आइतबार, मंसिर ७, २०८२

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल आज

नेपालले आज साँझ साढे ५ बजे दशरथ रंगशालामा फेरि एकपटक बंगलादेशी फुटबल टिमसँगै मैत्रीपूर्ण खेल्दैछ।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

काठमाडौं- नेपालले आज साँझ साढे ५ बजे दशरथ रंगशालामा फेरि एकपटक बंगलादेशी फुटबल टिमसँगै मैत्रीपूर्ण खेल्दैछ। नेपालले बंगलादेशसँग खेल्न लागेको यो २४औं पटक हो। एक वर्षपछि समयपछि घरेलु मैदानमा खेल्न लागेको नेपाली टिमको जितको लक्ष्यका साथ मैदान उत्रन लागेको हो।

National life

यसअघि २०७७ को चैतमा नेपाली राष्ट्रिय टिमले दशरथ रंगशालामा बंगलादेशसँग खेल्दा नेपाली टिममा मूख्य प्रशिक्षक बालगोपाल महर्जन रहेका थिए।

त्यसपछि नेपाली टिम सम्हालेका अब्दुल्लाह अलमुताइरीले दशरथ रंगशालामा नेपाली टिमलाई भारतविरुद्ध खेलाएका थिए। जहाँ एक खेल बराबरी भएको थियो भने अर्को खेलमा नेपालले हार बेहोरेको थियो।

तर अहिले अलमुताइरीले नेपाली टिम छोडिसकेका छन्। उनीसँग राष्ट्रिय फुटबल टिमका खेलाडीको विवाद बढेपछि उनले टिम छोडे।

फुटबलमा नेपालको सबैभन्दा नजिकको साथ बंगलादेशसँग खेल्नुभन्दा अघि पनि नेपाली खेलाडी र पूर्वप्रशिक्षक अब्दूल्लाह अलमुताइरीको विदादले प्राथमिकता पायो।

Laxmi sunrise bank
kumari

‘म आउन नसक्ने भएर नआएको होइन। मलाई टिमबाट निकालिएको हो। त्यसैले म नआएको हो। बोलाइएको भए म आउँथेँ,’ बंगलादेशको खेलअघि आयोजित पत्रकार सम्मेलनमा नेपली टिमका कप्तान किरण कुमार लिम्बूले भने।

उनी नेपाली टिमका नियमित कप्तान हुन्। उनले टिमबाट निकालीएका १० खेलाडीलाई समर्थन गरेपछि अलमुताइरीले उनलाई पनि टिममा बोलाएनन्। त्यसपछि अलमुताइरीले नेपाली टिम विगारेको आरोप लगाउँदै आएका छन्।

११ खेलाडी नै बाहिरिएपछि नयाँ टिम बनाएर अलमुताइरीले एसिया कपको तेस्रो चरण खेलाएका थिए। त्यतिबेला फरवार्ड नवयुग श्रेष्ठले नेपालको कप्तानी गरेका थिए भने श्रेष्ठको ठाउँमा पुजन उपरकोटी कप्तान थिए। एसिया कप छनोटपछि अलमुताइरीले राजीनामा दिए। अहिले नेपाली टिम कार्यबाहक प्रशिक्षक प्रदिप हुमागाईंले सम्हालिरहेका छन्।

तर श्रेष्ठ र उपरकोटी टिममै परेका छैनन्। प्रशिक्षक हुमागाईंले चाहिँ बंगलादेशलाई हराएर दशैंमा नेपाली समर्थलाई खुसी उपहार दिने बताएका छन्।

उनले भनेका छन्, ‘खेलाडीहरु फ्रेन्डली र डायनामिक छन्। हामी टिमको रुपमा अघि बढिरहेका छौं। मुख्य कुरा नजिता नै हो। दशैंको समयमा नेपाली फुटबल समर्थकलाई नजिता दिन सक्यौँ भने छुट्टै मज्जा हुन्छ।’

नेपालले यो फिफा विन्डोमा एकमात्र खेल खेल्न लागेको हो। यता बंगलादेशले भने यसअघि नै कम्बोडियासँग एक खेल खेलिसकेको छ। उसले सो खेलमा कम्बोडियालाई १–० ले हराएको थियो। आज नेपाल जितको लक्ष्यका साथ मैदान उत्रने छ। फिफा वरियतामा नेपाल १७६औं स्थानमा छ भने बंगलादेश १९२औं स्थानमा छ। यो खेलका लागि एन्फाले साधारण प्यारापिटतर्फको टिकट मुख्य ५०० राखेको छ भने भीआईपीतर्फका केहि सिटको  टिकट मूल्य भने ५००० राखेको छ।

प्रकाशित: Sep 27, 2022| 09:26 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।