आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नेसन्स लिगमा इंग्ल्यान्ड र जर्मनीको रोमाञ्चक बराबरी, इटालीको जित

नेसन्स लिगमा इंग्ल्यान्ड र जर्मनीको रोमाञ्चक बराबरी, इटालीको जित

समूह सीको खेलमा दुई गोलले पछि परेको अवस्थाबाट अघि बढ्दै इंग्लयान्डले ३-३ को बराबरी गरेको हो।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

काठमाडौं- यूईएफए नेसन्स लिगअन्तर्गत सोमबार रातिको खेलमा इंग्लिस क्लब इंग्ल्यान्डले जर्मनीसँग रोमाञ्चक बराबरी खेलेको छ। समूह सीको खेलमा दुई गोलले पछि परेको अवस्थाबाट अघि बढ्दै इंग्लयान्डले ३-३ को बराबरी गरेको हो।

National life

खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो। त्यसपछि सबै ६ गोल दोस्रो हाफमा भएका थिए। खेलको ५२औं मिनेटमै जर्मनीले पेनाल्टी पाएपछि इल्के गुन्डोगनले पेनाल्टीमा गोल गरेका थिए।

यता खेलको ६७औं मिनेटमा केई हभाटर्जले अग्रता दोब्बर बनाएका थिए। तर ७१औं मिनेटमा लुकाश र ७५औं मिनेटमा मेसन माउन्टले गोल गरेपछि भने इंग्ल्यान्डले खेलमा २-२ को बराबरी गरेको थियो।

त्यसपछि खेलको ८३औं मिनेटमा इंग्ल्यान्डले  पेनाल्टी पायो। कप्तान ह्यारी केनेले पेनाल्टी प्रहार गरेपछि इंग्ल्यान्डले ३–२ को अग्रता लिए। तर हभाटर्जले ८७औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

यो बराबरीसँगै इंग्ल्यान्ड तालिकाको पुछारमा छ भने जर्मनी दोस्रो स्थानमा छ। सोहि समूह अन्तर्गत गएरातिको खेलमा भने युरो विजेता इटालीले हंगेरीलाई हराएको छ। हंगेरीको मैदानमा भएको खेलमा इटालीले २–० को जित निकालेको हो। यो जितपछि इटालीको ११ र हंगेरीको १० अंक रहेको छ।

Laxmi sunrise bank
kumari

हंगेरीले पछिल्लो खेलमा जर्मनीलाई १-० ले हराएको थियो भने इंग्ल्यान्डलाई ४–० ले हराएको थियो। अर्को खेलमा भने जर्मनी र हंगेरीले बराबरी खेले।

प्रकाशित: Sep 27, 2022| 08:39 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।