शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सात वर्षपछि मनकामना मन्दिर परिसरको सत्तल पुनर्निर्माण गरिँदै

सात वर्षपछि मनकामना मन्दिर परिसरको सत्तल पुनर्निर्माण गरिँदै

वि.सं. २०७२ सालमा गएको गोरखा भूकम्पले क्षति पुगेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ।
 |  मंगलबार, असोज ११, २०७९

रासस

रासस

मंगलबार, असोज ११, २०७९

काठमाडौं- वि.सं. २०७२ सालमा गएको गोरखा भूकम्पले क्षति पुगेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ।

National life

मनकामना मन्दिरका मूलपुजारी इन्सान थापामगर र मन्दिरका गुठियार थकाली भीमबहादुर श्रेष्ठले संयुक्त रुपमा सोमबार सत्तलको शिलान्यास गरेका थिए।

मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले सत्तल निर्माण गर्न करिब ९० लाख लाग्ने बताए।

‘अब दसैं लगत्तै पुनःनिर्माण सुरु हुन्छ, फिनिसिङ गर्दा थप लागत्त बढ्छसक्छ। करिब ७ महिना भित्रमा सत्तल निर्माण सम्पन्न हुन्छ,’ उनले भने।

उक्त सत्तलमा तत्कालीन समयमा मन्दिरमा आउने भक्तजनले बत्ती बाल्ने गर्दथे। हाल रहेको सत्तलको तेस्रो तल्लामा परेवा घर र मनकामना क्षेत्र विकास समितिको कार्यालय सञ्चालन हुँदै आएको छ।

प्रकाशित: Sep 27, 2022| 07:09 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।