आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नवौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट सात सय दुई खेलाडीले प्रतिस्पर्धा गर्ने

नवौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट सात सय दुई खेलाडीले प्रतिस्पर्धा गर्ने

गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट सात सय दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

पोखरा- गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट सात सय दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

National life

कास्कीसहित गण्डकीका सात जिल्लामा हुने प्रतियोगितामा गण्डकी प्रदेशले सर्वाधिक धेरै खेलाडी दर्ता गराएको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आइतबारसम्म प्रतियोगितामा सहभागी हुने टोलीले खेलाडी दर्ता गर्नुपर्ने तालिका बनाएको थियो।

राष्ट्रिय खेलकुदमा देशका सात प्रदेश, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र गरी तीन विभागीय र एक गैरआवासीय नेपालीको टोलीले प्रतिस्पर्धा गर्नेछन्। राखेपको प्राविधिक उपसमितिका अनुसार गण्डकी प्रदेशपछि विभागीय नेपाली सेनाले छ सय ७३ खेलाडी दर्ता गरेको छ। 

यसैगरी सशस्त्र प्रहरीको एपिएफ क्लबले पाँच सय २२, नेपाल प्रहरीले चार सय ८८ र सुदूरपश्चिम प्रदेशले चार सय ३६ खेलाडीको नाम दर्ता गराएको छ।

बागमती प्रदेशले चार सय ३०, प्रदेश नं १ ले तीन सय ७१, मधेस प्रदेशले दुई सय ६२, कर्णाली प्रदेशले एक सय ९७, एनआरएनएले एक सय ३१ र लुम्बिनी प्रदेशले एक सय २३ खेलाडीको नामावली राखेपमा दर्ता गराएका छन्।

Laxmi sunrise bank
kumari

आयोजक प्रदेशसमेत रहेको गण्डकीले प्रतियोगिताका ३६ वटै खेलमा सहभागिता जनाउने भएको छ। परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले सबै खेलमा भाग लिइने बताए।

गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरी खेलाडी छनोट गरिसकेको छ। छनोट भएका खेलाडीहरुलाई असोज १ गतेदेखि विशेष प्रशिक्षणमा राखिएको परिषद्ले जनाएको छ। दुई साताको विशेष प्रशिक्षणपछि बन्द प्रशिक्षण सुरु हुने सदस्यसचिव गुरुङले जानकारी दिए। 

गण्डकी प्रदेशले पदकको बढी आशा भएका कराँते र बास्केटबल खेलका खेलाडीहरुलाई हिमाली जिल्ला मनाङमा उच्च पर्वतीय प्रशिक्षण (हाइअल्टिच्युड ट्रेनिङ) सञ्चालन गरेको छ।

पोखरासहित गण्डकी प्रदेशका सात जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गतका ३६ मध्ये ३५ खेलहरु हुँदैछन्। पूर्वाधार अभावमा सुटिङ खेल राजधानी काठमाडौँमा हुने तय गरिएको छ। अधिकांश खेलसहित प्रतियोगिताको उद्घाटन र समापन समारोह पोखरा रङ्गशालामा हुने खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताए।

गण्डकीमा चार दशकपछि हुन लागेको राष्ट्रिय खेलकुदकमा ११ टोली सहभागी हुनेछन् भने प्रतियोगितामा तीन सय ९२ स्वर्ण, तीन सय ९२ रजत र छ सय कास्य गरी एक हजार तीन सय ८४ पदकका लागि प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित: Sep 26, 2022| 21:40 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।