शुक्रबार, मंसिर २२, २०८०
  • गृहपृष्ठ
  • समाज
  • अर्धचेत मुकेश : पिरोलिँदै बित्छन् कायस्थ परिवारको दसैँ

अर्धचेत मुकेश : पिरोलिँदै बित्छन् कायस्थ परिवारको दसैँ

विगत १७ वर्षमाकस्ता चाडपर्व कति बिते शय्यामा सुतिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-८ का ‘ज्यूँदो शहीद’ मुकेश कायस्थलाई थाहा छैन।
 |  सोमबार, असोज १०, २०७९
averest bankaverest bank

रासस

रासस

सोमबार, असोज १०, २०७९

काभ्रेपलाञ्‍चोक- आजदेखि नेपालीको महानपर्व दसैँ सुरु भएको छ। चाडपर्वले उल्लासमय बनिरहेका बेला वरपर, छरछिमेकी सबै हर्षित देखिएका छन्। विगत १७ वर्षमाकस्ता चाडपर्व कति बिते शय्यामा सुतिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-८ का ‘ज्यूँदो शहीद’ मुकेश कायस्थलाई थाहा छैन।

sagarmatha cement

अर्धचेत अवस्थाका मुकेश चाडपर्वमा घर नजिकैको मावलीघर नटेकेको पनि उत्तिकै वर्ष भइसक्यो। बाबाआमा भनेर बोलाउला भन्ने आसमा मुकेशको स्याहारसुसारमा दिनरात नभनेको कायस्थ परिवारमा अझै आशा मरेको छैन।

दोस्रो जनआन्दोलनमा बायाँ कञ्चटमा गोली लागेर गम्भीर घाइते छोरा मुकेशको स्वास्थ्य अवस्था राम्रो होला भनेर कायस्थ परिवारले दिन गन्दै बसेको पनि १७ वर्षभन्दा धेरै भइसक्यो। मुकेशकी आमा मीराले भने, ‘छोरालाई ठीक होला भन्ने आशा अझै मारेका छैनौँ।’ तर मुकेश चार वर्षदेखि दुब्लाउँदै गएको, पहिले जस्तो हाँस्न र सकेको बोल्न छाड्दा उनीहरुलाई ‘पीरमाथि पीर’ थपिएको छ।

छोराको विषयमा जो कोहीसँग कुराकानी गर्दा मुकेशका बाबुआमा निकैबेर भक्कानिए। ‘दसैँ-तिहारमा छिमेकका घर खुसियालीका साथ झिलिमिली गर्दै, परिवार र आफन्तसँग खुसियाली बाँडेको देख्दा मन निकै पोल्छ, कतै मेरो छोरोले आमा भन्देओस्”, आमा मीराले दुःखेसो पोखे, ‘दसैँ नजिकिएको बेला कहिलेकाहीँ त मुकेशले घरको छतमा चङ्गा उडाउँदै होला भन्ने झस्को पस्छ।’

मुकेश परिवारको एक्ला छोरा छन्। ‘परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुनेगरी घाइते भएपछि हाम्रो हालत के भइरहेको होला, आफैँ मनन् गर्नस् त?,’ बाबु कृष्णमान प्रतिप्रश्न गर्छन।

worldlink

कसैले उनको नाम लिएर बोलाउँदा ‘हँ हँ, माँ’ भनेर बोल्नसक्ने मुकेश हाल बोल्न सकेका छैन। परिवारका अनुसार हाल मुकेश अहिले ३२ वर्षको भए। लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकोमा हाल पेटमा पाइपद्वारा खानेकुरा दिइएको छ। ‘मुकेशले मुखबाट नखाएको पनि चार वर्ष भइसक्यो’, बाबु कृष्णमानले भने। मुकेश हाल दायाँ हात र दुवै गोडा थोरै मात्रामा चलाउन सक्छन।

लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते १५ वर्षीय मुकेश बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा प्रहरीको गोली लागी गम्भीर घाइते भएका थिए। त्यस दिनदखि उनको होस् अझै खुल्न सकेको छैन भने बाँया हात राम्रोसँग चल्दैन। गोलीको घाउ निको भए पनि मुकेशको टाउकोमा गहिरो खाल्डो छ।

१७ वर्षदेखि अर्धचेत अवस्थाका छोरा मुकेशलाई सुतिरहेको हेरेर उहाँकी आमा मीरा भविष्यबारे सधैँ चिन्तित हुनु त दैनिकी नै भयो। अझै पनि छोराले नयाँ लुगामा सजिएर आमाबाबुसँग हाँसखेल गरेको देख्न पाउने, नपाउनेमा मीरा सशङ्कित छन्। ‘दसैँ-तिहारमा मुकेशलाई ओछ्यानमै टीका लगाइदिनुपर्दाको क्षण कम्ती पीडादायक हुन्न’, मीराले भने।

उनका अनुसार आमा वा बाबुमध्ये कोहीकेही समय नजिक नभए मुकेश रुने गर्छन। कायस्थ दम्पती मुकेशलाई हँसाउन खोज्छन् तर मुकेश बाबुआमाले खोजेको हाँसो दिन सक्दैनन्। 

‘हातगोडा नचले पनि कुरा गर्छ कि भन्दै बेलाबेलामा बोलाउँछु, मुकेश हाँस्न खोज्छ अनि हँ मात्रै गर्छ’, कृष्णमान पनि आँसु झार्दै पीडा पोखे। आन्दोलनताका मुकेश बनेपाकै विद्यासागर स्कुलको कक्षा आठमा पढ्दै थिए। -राजकुमार पराजुली


प्रकाशित: Sep 26, 2022| 22:25 सोमबार, असोज १०, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

जसको सहारा सेतो छडी बनेको थियो

जसको सहारा सेतो छडी बनेको थियो

घरभित्र अथवा बाहिर हिँडडुल गर्न कसैको सहयोग, दिसा–पिसाव गर्न पनि सहारा लिनुपर्दाको पीडा कति अप्ठ्यारा  होलान् सहज अनुमान गर्न सकिन्छ।