सोमबार, असार २३, २०८२

आज भारतीय शसस्त्र सीमा बलका प्रमुख नेपाल आउँदै

भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन मंगलबार नेपाल आउँदै छन्। गृह मन्त्रालयका अनुसार नेपालको सशस्त्र प्रहरी (एपीएफ) र एसएसबीबीच आयोजना हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन थाओसेन नेपाल आउन लागेका हुन्।
 |  मंगलबार, असोज ११, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

vianetvianet

काठमाडौं- भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन मंगलबार नेपाल आउँदै छन्। गृह मन्त्रालयका अनुसार नेपालको सशस्त्र प्रहरी (एपीएफ) र एसएसबीबीच आयोजना हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन थाओसेन नेपाल आउन लागेका हुन्। 

बैठकमा नेपालका तर्फबाट एपीएफका महानिरीक्षक राजु अर्यालले टोलीको नेतृत्व गर्ने छन् भने एसएसबीका प्रमुख थाओसेनले भारतीय टोलीको नेतृत्व गर्नेछन्। बैठकमा सीमा सुरक्षा रणनीतिको समीक्षा गर्दै भावी रणनीतिबारे छलफल हुने मन्त्रालय स्रोतले बतायो। 

बैठक असोज ११ देखि १३ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ। बैठक असोज ५ देखि ७ गतेसम्मका लागि निर्धारित गरिएको भए पनि अन्तिम अवस्थामा भारतीय पक्षले बैठक ११ देखि १३ गतेसम्मका लागि सार्न आग्रह गरेको थियो। सोहीअनुसार बैठक मंगलबारदेखि सुरु हुने भएको छ। 

उक्त बैठकमा सीमा अपराध नियन्त्रण, एपीएफ र एसएसबीबीच सूचना आदानप्रदान लगायत अन्तरदेशीय सीमा सुरक्षाका सबै विषयमा छलफल हुने बताइएको छ। यो नेपाल र भारतका सीमा सुरक्षा बलबीच छैठौँ बैठक हुन लागेको हो। यसअघि सन् २०२१ को अगस्टमा भारतको नयाँ दिल्लीमा पाँचौँ बैठक भएको थियो। उक्त बैठकमा भाग लिन तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल भारत गएका थिए। 

बैठकमा अघिल्लो बैठकले गरेका निर्णयको प्रगति समीक्षा र भावी कार्ययोजनाबारे छलफल हुनेछ। नेपाल र भारतका सीमा सुरक्षा बलबीच सहकार्य बढाउन र सीमा सुरक्षाका मुद्दामा छलफल गर्ने उदेश्यले सन् २०१२ देखि सीमा सुरक्षा बलका प्रमुखको तहमा द्विपक्षीय बैठक आयोजना गर्न थालिएको थियो। सन् २०१२ यता देशमा त्यसखालको बैठक आलोपालो आयोजना गरिँदै आएको छ। 


प्रकाशित: Sep 27, 2022| 06:20 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।