मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मनास्लु हिमपहिरो : एक जनाको मृत्यु, घाइतेमध्ये चार जनाको अवस्था गम्भीर

मनास्लु हिमपहिरो : एक जनाको मृत्यु, घाइतेमध्ये चार जनाको अवस्था गम्भीर

हिमपहिरोमा परी १२ जना घाइतेमध्ये चार जनाको अवस्थामा गम्भीर रहेको छ। घाइतेमध्येकै एकजनाको मृत्यु भएको गोर्खा प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा अनुप राई रहेका छन्।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं- गोरखाको मनास्लु हिमालमा गएको हिम पहिरोमा घाइते एक जनाको मृत्यु भएको छ। हिमपहिरोमा परी १२ जना घाइतेमध्ये चार जनाको अवस्थामा गम्भीर रहेको छ। घाइतेमध्येकै एकजनाको मृत्यु भएको गोर्खा प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा अनुप राई रहेका छन्। 

अन्य ७ जनाको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते चार जनामध्ये दुई जनाको उद्धार गरी हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। थप दुई जनाको उद्धारका लागि हेलिकप्टर बेसक्याम्पमै तयारी अवस्थामा रहेको पर्यटन विभागकी सम्पर्क अधिकारी यशोदा अर्यालले जानकारी दिइन्।

बेसक्याम्पबाट उद्धार गरेर सामागाउँ ल्याउन सिम्रिक एयर र त्यहाँबाट काठमाडौं ल्याउन कैलाश एयरको हेलिकप्टर प्रयोग गरिएको छ।

८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको ३ नम्बर र ४ नम्वर बेसक्याम्पको बीचमा सोमबार बिहान साढे ११ बजेतिर हिमपहिरो गएको थियो। उक्त क्षेत्र करिब ६ हजार ८ सय मिटरको उचाइमा रहेको बताइन्छ।

माथिल्लो बेसक्याम्पका लागि सामान ओसार्दै गरेका १३ जना हिमपहिरोमा परेका थिए।

अर्यालका अनुसार मनास्लु क्षेत्रको मौसम खराब छ। खराब मौसका कारण उद्धारमा कठीनाइ भएको उनको भनाइ छ।

प्रकाशित: Sep 26, 2022| 19:41 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।