मंगलबार, चैत १७, २०८२

उदयपुरका व्यापारीले दसैँमा शतप्रतिशत बढाए गाडीभाडा

१० दिन अगाडिसम्म गाईघाटदेखि बलाम्ता, ताम्लिछा, जाँतेसम्म पुग्नका लागि प्रतिव्यक्ति रु ५ सय सवारी भाडादर भए पनि अहिले प्रतियात्रु एक हजार रुपैयाँ असुल्न थालिएको यात्रु देवराज राईले जानकारी दिए।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

उदयपुर- दसैँको मौका पारेर उदयपुर जिल्लाको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात व्यवसायी र सञ्चालकहरुले सवारी भाडामा मनपरी वृद्धि गर्न थालेका छन्। जिल्ला सदरमुकाम गाईघाटदेखि जिल्लाको पहाडी क्षेत्र सञ्चालन हुने यातायातका साधनहरुले अहिले दसैँको समयमा सवारी भाडा मनपरी वृद्धि गर्न थालेपछि पहाडी क्षेत्र जाने अधिकांश यात्रुले मारमा परेको गुनासो गरेका छन्। 

National life

जिल्ला सदरमुकाम गाईघाटदेखि मुर्कुची पुवाँरे हुँदै डिल्लीबर भएर माझखर्क, बासबोटे, जाँते, बराह तथा साउने खाँबु हुँदै रसुवा भएर बलाम्ता ताम्लिछा जाने पहाडी क्षेत्रका अधिकांश यातायात व्यवसायीहरुले दुईदेखि तीन गुणासम्म भाडा बढाएका छन्। 

१० दिन अगाडिसम्म गाईघाटदेखि बलाम्ता, ताम्लिछा, जाँतेसम्म पुग्नका लागि प्रतिव्यक्ति रु ५ सय सवारी भाडादर भए पनि अहिले प्रतियात्रु एक हजार रुपैयाँ असुल्न थालिएको यात्रु देवराज राईले जानकारी दिए। 

यता जिल्ला सदरमुकाम गाईघाटदेखि मुर्कुची पुवाँरे डिल्लीबर हुँदै माझखर्कसम्म पुग्नका लागि साताअघिसम्म ७ सय रुपैयाँ रहेको भाडा एक हजार पाँच सय पुर्‍याइएको छ। जिल्ला सदरमुकाम गाईघाटदेखि नेपालटार, भलायाडाँडासम्म ३० किलोमिटरदेखि ५० किलोमिटर सडक खण्डको भाडादर मनपरी रूपमा अत्यधिक वृद्धि भएपछि मारमा परेको उदयपुरगढी पञ्चावतीका दुर्गाकेशर खतिवडाले दुखेसो गरे। 

दसैँको बेला टाढाबाट दसैँ मान्न जसरी पनि गाउँ पुग्नुपर्ने भएकाले यातायात व्यवसायीहरुले भनेको जति भाडा दिन आफूहरु बाध्य हुन परेको अधिकांश यात्रुको गुनासो छ।

kumari

प्रकाशित: Sep 26, 2022| 19:31 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।