मंगलबार, साउन १२, २०८३

सन्दीपविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी टेकप्रसाद राईले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको जानकारी दिए।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी टेकप्रसाद राईले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको जानकारी दिए। 

उनका अनुसार डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलमा आबद्ध १३५ देशले आफ्नो देशमा सन्दीप रहेको अवस्थामा नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछन्। 

सन्दीपले क्यारेबियन लिग खेल्न भदौ ६ गते नेपाल छोडेका थिए। बलात्कारको आरोप लागेका सन्दीप हालसम्म नेपाल बाहिरै छन्। आइतबार राति फेसबुकमा स्टाटस लेख्दै सन्दीपले आफू देश बाहिर भएका बेला नेपालमा आफूलाई फसाउने षड्यन्त्र बनाइएको आरोप लगाएका छन्। 

प्रकाशित: Sep 26, 2022| 19:07 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।