आइतबार, असोज ४, २०८३

२५० वर्षको इतिहाससहित ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ प्रकाशित

कृतिमा पछिल्लो अध्ययन अनुसार पहिलो मानिएको रमेश मल्लद्वारा लिखित ‘मदन दीपिका’ (वि.सं १८२२) महाकाव्यदेखि २०७८ सालसम्म लेखिएका महाकाव्यहरूको विश्लेषण गरिएको छ।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं- ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ प्रकाशन भएको छ। नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य (पद्य/काव्य) विभागको संयोजनमा महाकाव्यकार एवम् समीक्षक चन्द्रप्रसाद न्यौपानेले पुस्तक लेखेका हुन्। पुस्तकमा २३२ जना कविका प्रकाशित र केही अप्रकाशितसमेत गरी ४३२ वटा महाकाव्यात्मक कृतिको अध्ययन समावेश गरिएको छ। 

कृतिमा पछिल्लो अध्ययन अनुसार पहिलो मानिएको रमेश मल्लद्वारा लिखित ‘मदन दीपिका’ (वि.सं १८२२) महाकाव्यदेखि २०७८ सालसम्म लेखिएका महाकाव्यहरूको विश्लेषण गरिएको छ।

अध्ययनका क्रममा पहिले कविको परिचय दिई त्यसपछि महाकाव्यको सङ्क्षिप्त विश्लेषण गरिएको छ । विश्लेषणका क्रममा विषयवस्तुका साथै संरचनागत पक्ष- सर्गगत, प्रकरणगत र छन्दगत विवरणसमेत दिई यस कृतिलाई सूचनामूलक र उपयोगी बनाइएको छ। कृतिले महाकाव्यका विविध विषयमा जानकारी लिन चाहनेहरूलाई लाभान्वित तुल्याउने प्रतिष्ठानको विश्वास छ।

९३६ पृष्ठ रहेको उक्त कृतिको मूल्य १ हजार ५५ रुपैयाँ रहेको छ। पुस्तक प्रज्ञा-प्रतिष्ठानको बिक्री कक्षमा उपलब्ध छ।

प्रकाशित: Sep 26, 2022| 18:13 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।