मंगलबार, पुस १, २०८२

एमालेमै फर्कियो नेकपा एसको अछाम जिल्ला कमिटी

जिल्ला कमिटीका पदाधिकारीसहित अन्य नेता कार्यकर्तालाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए। पार्टी प्रवेश गर्नेमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिरण्य भट्टराईसहित १७५ सदस्य छन्।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीको अछाम जिल्ला कमिटी नै एमालेमा फर्किएको छ। सोमबार एमाले पार्टी कार्यालय च्यासलमा नेकपा एसको जिल्ला कमिटी नै एमालेमा फर्किएको हो। 

जिल्ला कमिटीका पदाधिकारीसहित अन्य नेता कार्यकर्तालाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए। पार्टी प्रवेश गर्नेमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिरण्य भट्टराईसहित १७५ सदस्य छन्।

भट्टराईसहितका नेताहरु तत्कालीन नेकपा एमालेसँग विद्रोह गरी माधवकुमार नेपालको पार्टी एकीकृत समाजवादीमा लागेका थिए। कार्यक्रममा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, अध्यक्ष कर्ण थापालगायत उपस्थित थिए। 

प्रकाशित: Sep 26, 2022| 17:29 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।