मंगलबार, वैशाख २९, २०८३

सरकारी कोटामा बेलायत जान चाहने नर्ससँग पैसा असुल्नेलाई ठगी मुद्दा

शून्य शुल्कमा दुई सरकारबीच भएको सम्झौतामा अन्य कुनै एजेन्सीको भूमिका नहुने हुँदा कसैले प्रलोभनमा पारेर पैसा असुल्न खोजे उजुरी दिन आग्रह मन्त्रालयको आग्रह।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

National life

काठमाडौं– श्रम मन्त्रालयले नेपाली नर्सलाई बेलायत पठाउने वहानामा कसैले पैसा असुल्न खोजे वैदेशिक रोजगार विभाग वा प्रहरीमा ठगी मुद्दा दर्ता गराउन आग्रह गरेको छ। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा जान चाहने नेपाली नर्ससँग पैसा असुल्न खोजे तुरुन्तै ठगी मुद्दा दर्ता गर्न श्रम मन्त्रालयले अपिल गरेको हो।

श्रममन्त्री शेरबहादुर कुँवरले शून्य शुल्कमा दुई सरकारबीच भएको सम्झौतामा अन्य कुनै एजेन्सीको भूमिका नहुने हुँदा कसैले प्रलोभनमा पारेर पैसा असुल्न खोजे उजुरी दिन आग्रह गरे। उनले भने, ‘सम्झौता कार्यान्वयनमा आउनुअघि नै विभिन्न प्रलोभनमा पैसा असुल्न खोजेको सुनेका छौं, जुन गैरकानुनी हो। यस्तो गरिएको फेला परे ठगी मुद्दा लगाउँछौं।’

सम्झौता कार्यान्वयनका निम्ति कार्यविधि बनाउने प्रक्रिया जारी रहेको श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले बताए। यसमा तेस्रो पक्षको संलग्नता नहुने भएकाले कसैले पैसा लिन खोजे तुरुन्तै विभागमा उजुरी दिन उनको आग्रह छ। बेलायतले पहिलो चरणमा १०० नर्स लैजाने गरी तयारी भइरहेको श्रम मन्त्रालयले बताएको छ।

प्रकाशित: Sep 26, 2022| 16:40 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्