आइतबार, मंसिर ७, २०८२

काभ्रेको पनौतीमा अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता हुने

सुर्की हाउसमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पनौती नगरपालिका-२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले आगामी कात्तिक २ देखि ५ गतेसम्म भलिबल प्रतियोगिता हुने जानकारी दिए।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

National life
Laxmi sunrise bank
kumari

काभ्रे- काभ्रेको पनौतीमा काभ्रे जिल्लाव्यापी अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। सुर्की हाउसमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पनौती नगरपालिका-२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले आगामी कात्तिक २ देखि ५ गतेसम्म भलिबल प्रतियोगिता हुने जानकारी दिए।

पनौती नगरपालिका वडा नम्बर २ को आयोजनामा हुने सो प्रतियोगिता स्थानीय धाराचौर खेल मैदानमा सम्पन्न हुने आयोजकले जनाएको छ। भलिबल प्रतियोगिता सम्पन्न गर्नका लागि यसअघि नै वडाअध्यक्ष अधिकारीको संयोजकत्वमा १५ सदस्यीय मूल आयोजक समिति बनाई जिम्मेवारी बाँडफाँट भइसकेको सम्मेलनपछि जारी विज्ञप्तिमा जनाइएको छ।

पनौती नगरपालिका वडा नम्बर १ र ३ का वडाअध्यक्षहरु पदेन सदस्य रहने गरी समिति गठन गरिएको थियो। प्रतियोगिता सम्पन्न गर्न स्थानीय कुशादेवी युवा क्लब र लप्सेटार युवा समूहले सहजीकरण गर्नेछन्। पनौती नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, पनौती नगरपालिका वडा नम्बर १ र ३ का वडाध्यक्षहरुको समेत उपस्थिति थियो।

प्रकाशित: Sep 26, 2022| 16:36 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।