मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • मैत्रीपूर्ण खेलका लागि नेपाल आइपुगे किरण, टिमको कप्तानी गर्ने

मैत्रीपूर्ण खेलका लागि नेपाल आइपुगे किरण, टिमको कप्तानी गर्ने

दशरथ रंगशालामा भोलि मंगलबार हुने नेपाल र बांग्लादेशको मैत्रीपूर्ण खेलका लागि नेपाली टिमका मुख्य गोलकिपर किरण चेम्जोङ नेपाल आइपुगेका छन्। व्यावसायिक फुटबल खेल्ने क्रममा उनी भारतमा रहेका थिए।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं– दशरथ रंगशालामा भोलि मंगलबार हुने नेपाल र बांग्लादेशको मैत्रीपूर्ण खेलका लागि नेपाली टिमका मुख्य गोलकिपर किरण चेम्जोङ नेपाल आइपुगेका छन्। व्यावसायिक फुटबल खेल्ने क्रममा उनी भारतमा रहेका थिए। 

नेपाल आएसँगै किरणले नेपाली राष्ट्रिय टिमको कप्तानी पनि गर्ने सोमबार एन्फा कम्प्लेक्समा आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले जनाए।

मंगलबार हुने खेलका एन्फाले दर्शकका लागि टिकट मूल्य तोकिसकेको छ। समान्य प्याराफिटतर्फ ५००, भिआइपितर्फ एक हजार र पाँच हजार रुपैयाँ तोकिएको छ।

नेपाली टिमः
गोलकिपर- किरण चेम्जोङ (कप्तान), विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेन्डर- रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रेजिन धिमाल

kumari

मिडफिल्डर- सुदिप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजज्यु ठकुरी, एरिक विष्ट

फरवार्ड- विमल घर्ती मगर, अञ्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरी

प्रकाशित: Sep 26, 2022| 16:05 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।