शुक्रबार, मंसिर १२, २०८२

नागरिकता विधेयक रोकिँदा लाखौं अनागरिक भए: गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण गरेको टिप्पणी गरेका छन्।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

बुटवल– गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण गरेको टिप्पणी गरेका छन्। उनले नेपालको संविधानले कुनै पनि नागरिकलाई अनागारिक हुन नदिने लेखेको भए पनि अहिले विधेयक रोकिँदा लाखौं नागरिक अनागरिक बनेको बताए। 

National life

रिपोर्टर्स क्लब नेपाल लुम्बिनीको पाँचौं स्थापना दिवसलाई सोमबार बुटवलमा सम्बोधन गर्दै गृहमन्त्री खाणले यस्तो बताएका हुन्। मन्त्री खाणले २०७८ साल जेठ ९ गते केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको विधेयकलाई नै आफूहरुले जस्ताको तस्तै अगाडि सारेको समेत बताए।  

‘एक जना पनि नागरिकले नागरिकताविहीन हुँदा गृहमन्त्रीको नाताले मैले जवाफ दिनुपर्छ,’ उनले भने, ‘नागरिकताको पखाईमा रहेका लाखौं नागरिक अनागरिक हुँदा विधेयक रोक्नेहरु जवाफदेही हुनु पर्दैन।’

उनले संविधान कार्यान्वयनका लागि नागरिकता विधेयकलाई अगाडि बढाइएको बताए। उनले राष्ट्रपतिको नाम नलिए पनि विधेयक रोक्नु संविधानमाथिको अतिक्रमण र गैरसंवैधानिक काम भएको बताए। उनले नागरिकता नहुँदा शिक्षादेखि बैंकमा खाता लिनबाट समेत बञ्चित हुनुपरेको बताए। गृहमन्त्री खाणले मंसिर ४ गते हुने निर्वाचन स्वच्छ र धाँधलीरहीत रुपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा लुम्बिनी प्रदेशका सञ्चार तथा कानुनमन्त्री तिलकराम शर्मा, नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाई, पत्रकार ऋषि धमला लगायतले बोलेका थिए।

Laxmi sunrise bank
kumari

यसैविच सोही अवसरमा पत्रकार रामप्रसाद आचार्य र रेखा भुसाललाई नगद सहित पुरस्कृत गरिएको थियो ।

प्रकाशित: Sep 26, 2022| 15:11 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।