शुक्रबार, जेठ १, २०८३

मनास्लुमा हिमपहिरो, मौसम खराबीले उद्धारमा कठिनाइ

मनास्लु हिमालको हिपमहिरोमा फसेकाहरूको उद्धारमा मौसम बाधक बनेको छ।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं– मनास्लु हिमालको हिपमहिरोमा फसेकाहरूको उद्धारमा मौसम बाधक बनेको छ। आज सोमबार बिहान साढे बजेतिर झरेको हिमपहिरोमा फसेकाहरूको यकिन विवरण पनि आउन सकेको छैन।

National life

शेर्पाहरू अक्सिजन पुर्‍याउन जाने समयमा हिमपहिरो खसेको मनास्लु हिमाल आरोहणका लागि बेसक्याम्पमा रहेकी पूर्णिमा श्रेष्ठले जानकारी दिएकी छन्। उनले भनिन्, ‘क्याम्प १ र क्याम्प २ मा रहेका शेर्पाहरू गएर खोज्ने काम भइरहेको छ। मौसम खराबीका कारण हेलिकप्टर जान सकेको छैन।’

मनास्लु हिमपहिरोमा फसेकाहरूको उद्धारका लागि हेलिकप्टर गइसकेको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए।

मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा हिमपहिरो गएको हो। यस सिजनमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि अनुमति दिइएको छ। 

शरद याम मनास्लु र अमादब्बलम हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ।

प्रकाशित: Sep 26, 2022| 14:56 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।