शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • कोहलपुरमा चाडपर्वका बेला चोरको बिगबिगीः प्रहरी निरीह, व्यवसायी त्रसित

कोहलपुरमा चाडपर्वका बेला चोरको बिगबिगीः प्रहरी निरीह, व्यवसायी त्रसित

एक महिनामै कोहलपुर नगरभित्रका १० वटा घर तथा पसलमा चोरी भएपछि स्थानीय त्रसित छन्। चाडपर्व भित्रिँदै गएका बेला चोरी बढिरहे पनि ढोकैमा रहेको प्रहरीले सुरक्षा दिन नसकेको नागरिकको गुनासो छ।
 |  सोमबार, असोज १०, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

सोमबार, असोज १०, २०७९

नेपालगन्ज– गत ६ असोज राती बन्दुकधारीको एक समूह वीरेन्द्रजंग शाहीको घरमा पस्यो। मोबाइल लुट्यो र परिवारलाई नै कोठामा थुनेर बाहिरबाट चुक्कुल लगाइदियो। १० तोला सुन र २ लाख रुपैयाँ लुटपाट गरेर समूह फरार भयो। 

triton college

कोहलपुर नगरपालिका–८ का शाहीले तत्काल प्रतिकार गर्न सकेनन्। मर्निङ वाक गर्ने व्यक्तिले चिच्याएको आवाज सुनेपछि ढोका खोलिदिए। १०–११ जनाको समूहले बन्दुक देखाएर लुटेको शाहीले प्रहरीलाई जानकारी दिए। 

केही दिनअघि मात्रै कोहलपुरकै न्यूरोड चोकमा रहेको कोहलपुर हाम्रो खाजा घरमा चोरी भयो। खाजाघरको तीन सम मिटरकै दूरीमा इलाका प्रहरी कार्यालय छ भने दक्षिण र उत्तरतर्फ चौराहामा २४सै घन्टा प्रहरी ड्युटीमा खटिने गरेको छ। चोरले खाजाघरको काउन्टर फुटाएर नगद २७ हजार र ५० हजार बराबरको पेयपदार्थ समेत चोरेको सञ्चालक आकाश कार्कीले अर्को दिन प्रहरीलाई बताए। 

८ असोज राती मात्रै कोहलपुर नगरपालिका–११ स्थित मुख्य बजार रहेको नवप्रभात घडी तथा मोबाइल पसलमा चोरी भयो। मध्यरातमा सटरै  काटेर चोरले १३ वटा बढी महँगा मोबाइल सेट र केही नगद लिएर गयो। तीन दिनअघि कोहलपुर नगरपालिका–२ का २ वटा घरमा १० हजार नगदसहित मोबाइल चोरी भएका छन्। 

कोहलपुर नगरपालिका–५ का रतन चन्दको केही दिन अगाडि मात्रै मोटरसाइकल चोरी भयो। घरैबाट मोटरसाइकलसहित नगद रकम चोरी भएको भन्दै चन्दले प्रहरीमा उजुरी गरेका छन्।

corrent noodles
Metro Mart

यस्तै, १ असोजमा मात्रै नेपालगन्जका दुई वटा औषधी पसलमा चोरी भए। गणेशमान चोकस्थित गणेशमान चोक ड्रग स्टोर र सागर क्लिनिकमा चोरी भएको हो। राती १ बजेतिर औषधी पसलको सटर फोरेर चोरले दुई पसलबाट करिब ४ लाख रुपैयाँ चोरी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी रामबहादुर घर्तीले जानकारी दिए। चोरले औषधी भने नचोरेको पसलका सञ्चालकले बताएका छन्। 

सुरक्षाका विषयमा छलफल गर्न इलाका प्रहरी कार्यालय कोहलपुरमा भेला भएका व्यवसायी।
विशेषगरी बाँकेको कोहलपुर क्षेत्रमा चोरीका घटना बढ्न थालेपछि व्यवसायी चिन्तामा छन्। एक महिनामा मात्रै कोहलपुर नगरभित्रका १० वटा घर तथा पसलमा चोरी भएपछि स्थानीय त्रसित छन्। चाडपर्व भित्रिँदै गरेका बेला चोरको बिगबिगी बढ्दै गएपछि अहिले कोहलपुरका व्यवसायी आफ्नो सामानको सुरक्षा कसरी गर्ने भन्ने चिन्तामा छन्। नगर क्षेत्रका पसलमा निरन्तर रूपमा एकपछि अर्को गर्दै चारी हुँदासमेत प्रहरीले सुरक्षा दिन नसकेको भन्दै व्यवसायी आक्रोशित भएका छन्। 

कांग्रेस कोहलपुर नगरपालिका–११ का सभापति मोहन चापागाईंले चोरीका घटना कम गर्न प्रहरीले कोसिस नगरेको बताए । ‘इलाका प्रहरी कार्यालकै ढोकामा सटर फोरेर चोरी भएको छ। यस्तो अवस्थामा प्रहरीले के गर्छ? त्यसको जवाफ दिनुपर्छ?’ चापागार्इंले आक्रोश व्यक्त गरे, ‘घुमुवा किन राखेको?, केका लागि राखेको? कोहलपुरमा पैसा उठाउन मात्रै राखेको हो?’ 

कोहलपुर नगरपालिकाका–८ का वडाध्यक्ष लालबहादुर रानाले आफ्नो वडामा भएको लुटपाटले स्थानीय त्रसित अवस्थामा रहेको बताए। हातहतियार नै देखाएर १० तोला सुन र २ लाख ५० हजार बढी रकम लुटपाट भएको घटनापछि वडामा स्थानीय सुरक्षा माग गर्दै कार्यालय जाने गरेको वडाध्यक्ष रानाको भनाइ छ। ‘कोहलपुरमा दैनिकजसो हातहतियार देखाउँदै लुटपाटका घटना भइरहेका बेला प्रहरी अलि सक्रिय हुनुपर्छ,’ वडाध्यक्ष रानाले भने, ‘कोहलपुर प्रहरीबाट सोचेजस्तो सुरक्षा प्रत्याभूति किन हुन नसकेको हो? यसमा छलफल जरुरी देखिन्छ।’ 

चोरीका घटना बढ्दै जान थालेपछि कोहलपुरमा सर्वपक्षीय बैठक पनि बस्यो। कार्यवाहक नगरप्रमुख वीरेन्द्रकुमार शाही बैठकमा यस्ता घटना न्यूनीकरण हुन नसक्नुले नगर क्षेत्रभित्रको व्यावसायिक सुरक्षामा प्रश्न उठ्ने बताउँछन्। 


डीएसपी ऐनबहादुर मल्ल।

इलाका प्रहरी कार्यालय कोहलपुरको नेतृत्व डीएसपी ऐनबहादुर मल्लले सम्हालेका छन्। व्यवसायीले डीएसपी मल्ल इलाका प्रमुख भएर आएदेखि चोरीका घटना बढिरहेको बुझेका छन्। तर डीएसपी मल्लले त्यो मान्न तयार छैनन्। ‘अहिले कोहलपुरमा रहेका प्रहरी दैनिक ४ घन्टा मात्र सुत्छन्। प्रत्येक प्रहरी ड्युटीमा हुन्छन्,’ मल्लले भने, ‘प्रहरीले दैनिक कति काम गरिरहेको भनेर कार्यालय आएर हेर्नुहोला। बाहिरबाट भनेर केही हुँदैन।’

डीएसपी मल्ल यस्ता समस्या निराकरणका लागि आमनागरिकको सहयोग चाहिने सुझाउँछन्। पछिल्लो एक सातामा भएका चोरीका घटनामा संलग्न कुनै पनि व्यक्तिलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। चोरी र लुटपाटमा संलग्नलाई पक्राउ गर्न नसकेपछि स्थानीय तथा व्यवसायीले प्रहरीप्रति आक्रोश व्यक्त गरेका छन्। केही व्यवसायीले घुमुवा प्रहरीले होटल, रेस्टुराँ, लागूऔषध ओसार पसार गर्नेहरूबाट पैसा उठाउने गरेको आरोपसमेत लगाएका छन्। 

घुमुवा प्रहरीले गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले भए पनि जिम्मेवारी छाडेर महिनावारी पैसा असुली गर्ने गरेकाले यस्ता कार्य तत्काल रोक्न कांग्रेस सभापति चापागाईंले आग्रह गरे। 

प्रकाशित: Sep 26, 2022| 14:32 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।